पोखरा,२६ साउन ।
पोखरामा टिभिएस ब्राण्डका मोटरसाईकल तथा स्कुटरको एक्सचेञ्ज क्याम्प गरिने भएको छ । टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिको आयोजनामा यही साउन २६ देखी २९ सम्म एक्सचेन्ज मेला आयोजना गर्न लागिएको बतास व्रदर्श टिभिएस युनिटका विक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।
यस क्षेत्रमा विक्री प्रवद्र्धन गर्ने कम्पनीको उदेश्य अनुसार आयोजना गरिएको सो मेलामा पुराना बाईक तथा स्कुटरको उचित मुल्याङ्कन गरिने पोखरेलले बताए । उनका अनुसार जस्तो सुकै अवस्थाको मोटरसाईकलको पनि रु २५ हजार कम्तिमा मुल्याङ्कन गरिने छ । यसका साथै रु ३० हजारसम्म थप मुल्याङ्कन, रु सात हजार देखी एक लाखसम्म स्क्राच छुट, तथा निःशुल्क हेल्मेट, बाईक कभर रेनकोट उपलव्ध गराईने कम्पनीले जनाएको छ ।
“टिभिएस एउटा स्थापित व्राण्ड हो। आम ग्राहकवर्गहरुलाई समयसापेक्ष रुपमा नयाँ नयाँ मोडलहरु बजारमा ल्याउने र विक्री वढाउन हामी सफल भयौँ”, पोखरेलले भने,“ एक्चेन्ज लगायत पवद्र्धनात्मक कार्यहरुबाट ब्राण्डको थप प्रवद्र्धन हुने विश्वास लिएका छौँ।’ पोखरेलले भने । नेपालमा टिभिएस व्राण्ड शंकर गुप्र अन्तर्गतको जगदम्वा मोटर्स प्रालिले विक्री गर्दै आएको छ ।