• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेपाल निर्माण व्यवसायी संघको २७ औँ साधारणसभा बिहीबार हुने   |   10 Dec 2019

  • साग पोखरा : नेपाललाई चार स्वर्ण सहित ३४ पदक   |   09 Dec 2019

  • पोखरा महानगरद्धारा सहकारी प्रोफाइल तयार   |   09 Dec 2019

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना   |   07 Dec 2019

  • महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरो   |   06 Dec 2019

  • सञ्जुलाई भारोत्तोलनमा स्वर्ण पदक   |   05 Dec 2019

 

२१ औं पोखरा सडक महोत्सव पुस दोस्रो साता

04 Dec 2019

पोखरा, १८ मंसिर
रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको सडक महोत्सव पुस दोस्रो साता हुने भएको छ । २१ औं पोखरा सडक महोत्सव पुस १२ गते देखी १६ गते (डिसेम्बर २८ देखि जनवरी १ सम्म) सम्म सञ्चाल हुने आयोगक रेबानले बुधबार पत्रकार सम्मेलन गरे जानकारी दिएको छ ।

सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्गेजी नयाँ वर्षका अवसरमा महोत्सव गरी आएको र यस बर्ष पनि अझ भव्य रुपमा मनाउने तयारी गरेको रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखरा अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए । महोत्सवबाट पोखरामा स्वदेशी तथा विदेशी पर्यटक भित्राउन सफल भएको उनले बताए । उनले नेपाल कै सबैभन्दा ठुलो महोत्वका रुपमा विकसीत भएको उनको भनाई छ ।
पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुने महोत्वसका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुनेले बताए । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारिने उनले बताए । अँग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहने उनले बताए ।
रेबानका सल्लाहकार गणेशबहादुर भट्टराईले अङ्ग्रेजी नयाँ वर्षमा गरिने पोखरा सडक महोत्सव पोखराको मात्रै नभएर देशकै अर्थतन्त्रमा टेवा पुग्ने बताए । उनले अहिले काठमाडौं र पोखरामा भएको साग खेलकुदले पोखरालाई चिनाउन अझ सहयोगी भएको बताए । उनले सडक महोत्सवमा विदेशी कलाकारलाई स्टेजमा उत्रानका लागि सरकारी सहयोग आवश्यक परेको बताए ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणाको कार्यक्रम पोखराबाट उद्घाटन गर्ने तयारी रहेको रेवान पोखराका पुर्व अध्यक्ष सुर्य भुजेलले जानकारी दिए । उनले महोत्सवका अवसरमा नेपालका विभिन्न कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुने बताए ।
सडक महोत्सवमा सातै प्रदेश र पोखरा सेरोफेरोका संस्कृतिहरु सडकमा हेर्न पाइने निवर्तमान अध्यष चौबहादुर गुरुङले जानकारी दिए । उनले संगीतमय वातावरणमा झुम्दै सांस्कृतक कार्यक्रममा रमाउन पाइने बताए ।
महोत्सव सम्पन्न गर्न रेबान पोखराका उपाध्यक्ष लक्ष्मण बरालको संयोजक, कार्यसमिति सदस्य नरेश भट्टराई, वसन्त गौतम सह संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मुलसमिति गठन गरिएको उनले बताए । महोत्सवमाबाट ८५ लाख आम्दानी गर्ने र ७० लाखको खर्च लाग्ने आयोजकको अनुमान छ । महोत्सवको आक्रर्षणमा भारतिय, पाकिस्तान साँस्कृतिक, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रमहरु ३ कि.मि. क्षेत्रका वाटोमा रहेका स्टेजहरुमा प्रर्दशन गरिने, सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राजु लामा, सविन राई, कर्म व्याण्ड, अभए एण्ड स्टिम इन्जस, लाह्रे, माउण्ट ८८४८ को प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यसै गरी ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, वद्री पंगेनी, प्रीति आले, राजन गुरुङ्ग, टिका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, पशुपती शर्मा, संझना भण्डारी, कुमार पुन, पार्वति जिसि, हास्य कलाकारहारु पोख्ररेली माग्ने वुढा, दिवाकर भण्डारीको समुह, मनोज गजुरेल र पुर्खे बा लगाएका कलाकारले हसाउने रेवान पोखरा सचिब विकास भट्टराईले जानकारी दिए ।

  •  
  •  
  •  Tweet
  •  
2019-12-04
Krishna Dawadi

Related Articles

मोदीले कारबाट ओर्लेर सर्वसाधरणसँग हात मिलाए

peacepokhara 27 Nov 2014
इक्यान शैक्षिक मेलाको तयारी अन्तिम चरणमा, २५ हजारले परामर्श लिने अपेक्षा

इक्यान शैक्षिक मेलाको तयारी अन्तिम चरणमा, २५ हजारले परामर्श लिने अपेक्षा

Krishna Dawadi 07 Dec 2018
क्यानडा र स्पेन पठाइदिने भन्दै नेपाली ठग्ने भारतीय पक्राउ

क्यानडा र स्पेन पठाइदिने भन्दै नेपाली ठग्ने भारतीय पक्राउ

peacepokhara 14 Dec 2017

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Copyright 2017, All Rights Reserved