अर्जुन गिरी
भुटान, १२ असोज
भुटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको पहिलो दिन(आज)शुक्रबार नेपाली टिम खेल्दैछ । नेपालले पहिलो खेल पाकिस्तानसँगआज साँझ७ बजे खेल्ने छ ।
सबै खेलाडी उत्साही रहेको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘हाम्रो खेलाडीको तयारी राम्रो छ,’ उनले भने, ‘आज पाकिस्तानलाई जित्ने छौ ।’ खेल बराबरी नहुने उनको दावि छ । ‘हामीआक्रमक खेल्ने छौ,’ उनले भने, ‘राम्रो खेल पस्केपछि नतिजाहात नपर्ने कुरै भएन् ।’
आज साँझको खेलमाआफ्नो टोली विजयहुने सहायक प्रशिक्षक श्रीप्रकाश बैद्यले बताए । ‘टे«निङ निकै राम्रो भएको छ,’ उनले भने, ‘टे«निङ राम्रो भएको हुनाले नतिजा पनि हाम्रो पक्षमा हुने छ ।’
खेलको लागि नेपाली टिम असोज १० गते अर्थात सेप्टेम्बर २६ मा भुटान पुगेको हो । भुटानको थिम्पुमा सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुने खेलमा ६ वटा राष्ट्रको सहभागिता रहेको छ ।