• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेपाल निर्माण व्यवसायी संघको २७ औँ साधारणसभा बिहीबार हुने   |   10 Dec 2019

  • साग पोखरा : नेपाललाई चार स्वर्ण सहित ३४ पदक   |   09 Dec 2019

  • पोखरा महानगरद्धारा सहकारी प्रोफाइल तयार   |   09 Dec 2019

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना   |   07 Dec 2019

  • महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरो   |   06 Dec 2019

  • सञ्जुलाई भारोत्तोलनमा स्वर्ण पदक   |   05 Dec 2019

 

पचभैयामा वडास्तरीय भलिबल प्रतियोगिता हुने

16 Apr 2019

पोखरा ०३ बैशाख: पर्यटकिय पोखराको एक प्रमुख गन्तव्यका रुपमा रहेको यस पोखरा–३१, पचभैयामा प्रथम वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । पचभैया प्रगतीशील युवा मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नंम्बर ३१ कोे संयोजनमा आगामी बिहीबारदेखि प्रतियोगिता हुने भएको हो ।

नक आउट आधारमा खेलाईने प्रतियोगिता तीन दिनसम्म चल्ने सोमबार मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

तियोगिताबारे जानकारी दिदै मञ्चका अध्यक्ष सुनिल थापाले पर्यटकिय क्षेत्रमा हुने प्रतियोगिताले खेलकुदको मात्रै नभई पचभैया क्षेत्रको पर्यटन प्रवद्र्धन र बिकासमा टेवा पु¥याउने दावी गरे । पोखरा महानगरका ३३ वडा र अन्य गाउँपालिकाका गरी करीब ४० टीमको सहभागिता रहने प्रतियोगिता अमरसिद्ध नमुना उच्च मावि पचभैयाको खेलमैदानमा हुनेछ ।

मञ्चको पहलमा आफ्नै खेलमैदान निर्माणको क्रम चलिरहेकाले त्यसको बिकासका लागि पनि प्रतियोगिताले टूलो टेवा पुग्ने प्रतियोगिताका खेल संयोजक पुरुसोत्तम अधिकारीले सोही अबसरमा बताए । निर्माणकै क्रममा रहेको करीब १० रोपनी क्षेत्रफलमा अवस्थित उक्त मैदानमा भलिबल, बास्केटबल लगायतका अन्य खेलको कोर्ट तथा मैदानका लागि वडा कार्यालय र जिल्ला खेलकुद बिकास समितिले समेत रकम बिनियोजन गरेको पनि अधिकारीले जानकारी दिए ।
पहिलो संस्करण र मैदान निर्माण सम्पन्न नभईसकेका कारण यसपटक बिद्यालयको मैदानमा प्रतियोगिता सञ्चालन हुने भएपनि आगामी संस्करणहरु आफ्नै खेलमैदानमा खेलाईने प्रतियोगिताका प्रचार संयोजक ऋषिकान्त पौडेलले विश्वास ब्यक्त गरे । प्रतियोगिताको उपाधी बिजेता टोलीले नगद नगद ५० हजार रुपैया , शिल्ड, मेडल र प्रमाण पत्र , उप विजेता टिमलाई नगद ३० हजार रुपैया, शिल्ड र मेडल प्रदान गरीने पनि पौडेलले जानकारी दिए ।

त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर सहितका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरीन बताईएको छ । प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा साङ्ग्रीला रीसोर्ट प्रा.लि. र सह प्रायोजकका रुपमा सह प्रायोजकमा बुद्ध पावर कम्पनि रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक कुर्लुङ्खोला खानेपानी आयोजना ,पचभैया रहेको छ भने दित्तिय पुरस्कार प्रायोजकमा पचभैया सामुदायीक बन उपभोक्ता समिति, उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजकका रुपमा सेभेनलेक्स शुद्ध पिउने पानी रहेको छ । त्यस्तै सहयोगीका रुपमा जिल्ला खेलकुद विकास समिति, विभिन्न ब्यानरदाताहरु, वडा नंम्बर ३१ मा अवस्थित संघसंस्थाहरु रहेका छन् ।

प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका विभिन्न उपसमितीहरु समेत गठन भई सक्रिय रहेको र अहिलेसम्म मैदानलाई लोडरको सहायतामा सम्याउने , प्रचारप्रसार , टिम दर्तालगायतका कामहरु द्रुत गतिमा भईरहेको उक्त अवसरमा जानकारी दिईएको थियो । मञ्चका अध्यक्ष सुनिल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेल संयोजक अधिकारी, प्रचार संयोजक पौडेल, पूर्व सचिव धनबहादुर गुरुङले आफ्ना भनाई राखेका थिए ।

  •  
  •  
  •  Tweet
  •  
2019-04-16
Krishna Dawadi

Related Articles

सर्भेयर्स सोसाईटी कास्कीको अध्यक्षमा गंगालाल चयन

सर्भेयर्स सोसाईटी कास्कीको अध्यक्षमा गंगालाल चयन

Krishna Dawadi 23 Nov 2019
८ हजार भन्दा बढी मतान्तर सहित कास्की २ बाट विद्या भट्टराई विजयी (भिडियो सहित)

८ हजार भन्दा बढी मतान्तर सहित कास्की २ बाट विद्या भट्टराई विजयी (भिडियो सहित)

peacepokhara 01 Dec 2019

होलीको दिन पोखराबाट ४० जना पक्राउ

peacepokhara 22 Mar 2016

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Copyright 2017, All Rights Reserved