• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेपाल निर्माण व्यवसायी संघको २७ औँ साधारणसभा बिहीबार हुने   |   10 Dec 2019

  • साग पोखरा : नेपाललाई चार स्वर्ण सहित ३४ पदक   |   09 Dec 2019

  • पोखरा महानगरद्धारा सहकारी प्रोफाइल तयार   |   09 Dec 2019

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना   |   07 Dec 2019

  • महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरो   |   06 Dec 2019

  • सञ्जुलाई भारोत्तोलनमा स्वर्ण पदक   |   05 Dec 2019

 

गिरिजा प्रसाद कोइरालाको स्मृतिमा ४२ जना सम्मानति

22 Mar 2015

पोखरा ८ चैत्र । नेपाली कांग्रेस कास्की निर्बाचन क्षेत्र नम्बर ४ ले स्वर्गिय नेता गिरिजा प्रसाद कोइराला को पांचौ स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान पुरयाएका २००७ सालका क्रातिमा संलग्न ९५ बर्षिय क्याप्टेन कुल बहादुर गुरुड,राम बहादुर बडगामी लगायत करिब ४२ जना नेता तथा कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पुर्ब सभासद शुक्रराज शर्माले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सो अबसरमा कांग्रेस नेता शर्माले लोकतनत्र स्थापना गर्नका लागी स्वर्गिय गिरिजा प्रसाद कोइरालाले खेलेको योगदानको कदर गर्न नसकेका कारण माओबादीले अहिलेको क्षति ब्यहोर्नु परिरहेको बताए । संबिधान निर्माणमा कांग्रेसले लिएको नितिमा सबै जातजाति,भाषा,धर्म र संस्कृतिको संरक्षणका साथै अधिकार स्थापित गराउन कृयाशिल रहेको उनले बताएका छन् ।

कार्यक्रममा नेपाली महाधिबेशन प्रतिनिधि पोषनाथ शर्माले सबै खालका चुनौतीलाई संस्थागतरुपमा ब्यबस्थापन गर्न सक्ने ताकत रहेको दाबी गरे । कांग्रेसका जिल्ला सचिब कृष्ण केसीले कांग्रेसले चारैतिर फर्किएर बसेका कम्युनिष्टहरुलाई संगै लिएर जानुपर्ने बाध्यताका कारण संबिधान निर्माणमा केही अलमल भएको बताए । अर्का सचिब युवराज कुंवरले योगदान दिएकालाई सम्मान गरिंदा आउने पुस्तालाई उत्साह मिल्ने बताए ।

क्षेत्रिय सभापति आई बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा खेमराज पौडेल,रामचन्द्र त्रिपाठी,सिकन्दर कुमार गुरुङ्ग,मनोज गुरुङ्ग,देउकाजी गुरुङ्ग,खेम कुमारी गुरुङ्ग,खेमलाल बास्तोला,हरि लामिछाने,टंकमान नापित,भिम बहादुर गुरुङ्ग,मोति प्रसाद ढुङ्गाना,क्षेत्रिय सचिब प्रकाश बराल लगायतले लोकतन्त्र स्थापना गर्नका लागी युग पुरुष गिरिजा प्रसाद कोइरालाले खेलेको भुमिकाका  बारेमा चर्चा गरेका थिए ।

  •  
  •  
  •  Tweet
  •  
2015-03-22
peacepokhara

Related Articles

कास्कीमा राँगोले हान्दा मान्छे घाईते, गोली हानेर राँगो मारियो

कास्कीमा राँगोले हान्दा मान्छे घाईते, गोली हानेर राँगो मारियो

Krishna Dawadi 11 Jan 2018

पृथ्बी राजमार्ग, बुद्ध विशाल बजार र पश्चिमाञ्चल क्षेत्रिय अस्पताल  मैत्रीपूर्ण संस्थागत फुटसलको सेमिफाईनलमा

peacepokhara 24 Dec 2016

प्रकोपको बेला संचारमाध्यमहरु कर्तव्य मुखि हुुनुपर्ने

peacepokhara 10 May 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Copyright 2017, All Rights Reserved