पोखरा,२६ भदौ । पोखरा एक जना ठूलो मात्रामा लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो पोखराको टोलीले आज पोखरा महानगरपालिका १४ चाउथेबाट पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ महलबारी बस्ने वर्ष ५० का प्रल्हाद कोहारलाई अवैध लागू औषध सहित पक्राउ गरेको हो ।
उनका साथबाट बुर्फिनर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनारगर १०० एम्पुल गरि ३०० एम्पुल र २ थान मोबाईल सहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।