• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेपाल निर्माण व्यवसायी संघको २७ औँ साधारणसभा बिहीबार हुने   |   10 Dec 2019

  • साग पोखरा : नेपाललाई चार स्वर्ण सहित ३४ पदक   |   09 Dec 2019

  • पोखरा महानगरद्धारा सहकारी प्रोफाइल तयार   |   09 Dec 2019

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना   |   07 Dec 2019

  • महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरो   |   06 Dec 2019

  • सञ्जुलाई भारोत्तोलनमा स्वर्ण पदक   |   05 Dec 2019

 

सात प्रदेशमा रङ्गशाला, ७५३ पालिकामा खेल ग्राम : मन्त्री विश्वकर्मा

20 Jun 2019

कृष्ण दवाडी
पोखरा,५ असार । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको प्रगति बिना देशको समृद्धि सम्भव नरहेकाले खेल क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

माछापुच्छ्रे गाउँपालिकामा आजबाट शुरु भएको विद्यालयस्तरीय खेलकूद प्रतियोगिताÔराष्ट्रपति रनिङ शिल्ड’ को उद्घाटन गर्दै उनले खेलकूदको विकासका लागि देशका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र ७५३ पालिकामा खेल ग्राम निर्माण गर्ने योजनाका साथ सरकार अघि बढेको बताए ।

देशमा अन्तर्राष्ट्रिस्तरको प्रतियोगिता आयोजना गर्नेको लागि अझ पनि व्यवस्थित रङ्गशाला नभएको बताउँदै मन्त्री विश्वकर्माले भने,‘काठमाण्डौ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसर, सातै प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने एक÷एक वटा रङ्गशाला र ७५३ वटै स्थानीय तहमा दीर्घकालिन महत्वको एउटा ÷एउटा खेल ग्राम निर्माण गर्ने योजनामा सरकार छ।’

मन्त्री विश्वकर्माले खेलाडी जन्मने अर्को थलो विद्यालयको खेल मैदान भएकाले हरेक विद्यालयको खेलमैदान स्तरोन्नती गर्ने र प्रत्येक विद्यालयमा एक जना खेल शिक्षकको व्यवस्था गर्ने नीति अनुसार सरकारले आगामी वर्ष २०७६।०७७ को बजेटमा व्यवस्था गर्नु खेल क्षेत्रको लागि खुशीको कुरा भएको उल्लेख गरे ।

विद्यालयस्तरमा खेलकूदलाई पनि पठनपाठनभित्र समावेश गरेर खेल क्षेत्रको विकासको वातावरण बनाउने सोच सरकारको रहेको उनले स्पष्ट पारे । मन्त्री विश्वकर्माले विद्यालयतहबाट खेलाडीहरु उत्पादन गर्ने, नयाँ प्रतिभा खोजी गर्ने, प्रतिभा संरक्षण गर्ने र उनीहरुको खेल क्षेत्रमा विकास गर्नको लागि पालिका, जिल्ला, प्रदेश तथा केन्द्रमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न शुरु गरिएको बताए ।

गाउँपालिका प्रमुख कर्ण गुरुङले प्रतियोगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्स, हाईजम्म, लङजम्म, त्रिपलजम्म,सटफुट, ज्याभिलन थ्रो समावेश गरिएको र सामूदायिक १० र संस्थागत १ गरी ११ विद्यालयका करीव ५०० विद्यार्थीले प्रतिष्पर्धा गर्ने दिए । प्रतियोगिता यही असार ६ गतेसम्म सञ्चालन हुनेछ ।


गाउँपालिका प्रमुख गुरुङले प्रतियोगिताका बिजेताहरुलाई स्वर्ण, रजत र कास्य पदक तथा उत्कृष्ट तीन भित्र पर्ने विद्यालयलाई रु. १५ हजार, रु. १० हजार तथा रु सात हजार ५०० सय पुरस्कार प्रदान गरिने जानकारी दिए ।
कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष एवम् प्रतियोगिता सदस्य पूर्णबहादुर शाही, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा तथा महेन्द्र माविका प्रधानाध्यापक गोविन्द अधिकारी लगायतले प्रतियोगिताको बारेमा भनाई राखेका थिए ।

प्रतियोगिता अन्तर्गत आज भएको एक हजार ५०० मीटर छात्र छात्रा दौडमा छात्रतर्फ ज्ञान ज्योती बोर्डिङका विबेक परियार प्रथम, पृथ्वीनारायण माविका सुनिल विक द्धितीय र उदय माविका देवेन्द्र विक तृतीय भए । त्यस्तै छात्रा तर्फ पृथ्वीनाराय माविका विनिता भण्डारी प्रथम, उदय माविका विनु विक द्धितीय र माछापुच्छ्रे माविका सुष्मा कुँबर तृतीय भएको गाउँपालिका उपप्रमुख कृष्ण दवाडीले जानकारी दिईन् ।

शुक्रबार भलिबलतर्फ शारदा मावि र निष्पक्ष माविबीच फाईन तथा शुक्ला गण्डकी र पृथ्वीनारायण माविकाबीच तृतीय स्थानका लागि हुँदैछ । त्यसैगरी छात्रातर्फ निश्पक्ष मावि र पृथ्वीनारायण मावि र महेन्द्र मावि र बराह माविबीच तृतीय स्थानका लागि प्रतिष्पर्धा हुनेछ । एथेलेटिक्स र कवड्डीको पनि फाईनल खेल शुक्रबारनै हुने छ ।

  •  
  •  
  •  Tweet
  •  
2019-06-20
Krishna Dawadi

Related Articles

फेवा महोत्सवलाई सुरक्षित बनाउने प्रतिबद्धता

peacepokhara 02 Apr 2015
जन्मदिनका अवसरमा बालगृहलाई सहयोग

जन्मदिनका अवसरमा बालगृहलाई सहयोग

peacepokhara 29 Jan 2017

यसरी मारिए प्रहरी ……

peacepokhara 24 Aug 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Copyright 2017, All Rights Reserved