पोखरा,६ साउन। २० बर्ष अगाडी हत्या गरि फरार रहेका एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
वि.सं. २०५६ माघ ४ गते साविक घान्द्रुक वडा नं ७ बस्ने वर्ष ३१ का मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रयोग गरी घाईते बनाएकोमा भोलिपल्ट उनको निधन भएको घटनामा फरार प्रतिवादी कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न गुरुङ घटना लगत्तै फरार भई म्याग्दी जिल्लाको बिभिन्न स्थानमा लुकिछिपी बसेको तथा करीव २ बर्ष पछि भारत गएको र भारतमा करीव १४ बर्ष बसेकोमा बुवाको मृत्युपछि घर फर्केकोमा उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
निज र मृतकको बिचमा २०५६ माघ ४ गते साँझ साढे ६ बजेको समयमा हङकङ आई.डी को बिषयमा बादबिवाद भएको र सो बिवादले झगडाको रुप लिई कुमार गुरुङले धारिलो हतियार प्रहार गर्दा शख्त घाईते भएका मन प्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ ।