• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेपाल निर्माण व्यवसायी संघको २७ औँ साधारणसभा बिहीबार हुने   |   10 Dec 2019

  • साग पोखरा : नेपाललाई चार स्वर्ण सहित ३४ पदक   |   09 Dec 2019

  • पोखरा महानगरद्धारा सहकारी प्रोफाइल तयार   |   09 Dec 2019

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना   |   07 Dec 2019

  • महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरो   |   06 Dec 2019

  • सञ्जुलाई भारोत्तोलनमा स्वर्ण पदक   |   05 Dec 2019

 

सबै धर्मलाई सँधै सम्मान गर्छु : विद्या

19 Nov 2019

पोखरा, ३ मंसिर
नेकपाकी कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सँधै सम्मान गर्ने बताएकी छन् ।

चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटन पुगेकी उनले धर्म, संस्कृति र संस्कारलाई साधै सम्मान गर्ने बताएकी हुन् । रवीन्द्र सँधै धर्म र संस्कृतिको पक्षपाती भई त्यसको सुधारमा लगोको र आफूपनि उनको अनुयायी भएकाले त्यसप्रति सदैव सम्मान गर्नेगरेको उनको भनाई थियो । धर्म र संस्कृति समाजका अविछिन्न पाटाहरु हुन्,‘उनले भनिन्,‘तर यो समयसापेक्ष रुपमा परिमार्जित गर्न जरुरी छ ।’ सो अवसरमा उनले गुप्तेश्वर महादेवमणी मन्दिरमा चलिरहेको अखण्ड भजन किर्तनमा सहभागि भई भक्तजनसँगै नाच्दै मत मागेकी थिइन् ।

घरदैलोका क्रममा उम्मेद्वार विद्या भट्टराई अधिकारीले मुक्तिनाथ विकास वैंकमा सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) बुझ्न लामबद्ध बृद्धबृद्धाहरुसँग पनि मत मागिन् । उनले आगामी दिनमापनि पार्टीसँग भनेर बृद्धभत्ता बढाउने प्रतिबद्धता जनाइन् । सो अवसरमा बृद्धभत्ता बुझिरहेका बृद्ध बुबाआमाहरुले आफूलाई बृद्धभत्ता दिएर बाँच्ने आधार निर्माण गर्ने नेकपालाई नै यसपटक जिताउनका लागि विद्यालाई मतदान गर्ने बताएका थिए ।

यसैबीच, छोरेपाटनमा आयोजित कोणसभामा बोल्दै नेकपाकी युवा नेतृ नवीना लामाले उम्मेद्वार विद्या सक्षम, योग्य र प्राज्ञिक व्यक्ति भएकाले उनी महिलाहरुको धरोहरको रुपमा रहेकाले महिलाको हक, अधिकार सुरक्षित गर्नका लागिपनि विद्यालाई जिताउनैपर्ने बताइन् ।

प्रतिनिधि सभाका सांसद तथा नेकपा नेता तिलक महतले सच्चा राष्ट्रबादी शक्ति नेकपा भएको बताए । उनले देशको सिमाना नेकपाबाहेक अन्य कुनैपनि शक्तिले नसक्ने भएकाले सीमाना रक्षाका लागि नेकपालाई जिताउनुपर्ने बताए ।छोरेपाटनमा आयोजित कोणसभामा कांग्रेससहित विभिन्न दलका ४५ भन्दा बढी व्यक्तिहरु नेकपा प्रवेश गरेका छन् ।

यसैबीच, पोखरा वडा नम्बर ४ मा आदिवासी जनजाति निर्वाचन परिचालन समिति गठन भएको छ । नेकपा उम्मेद्वार विद्यालाई जिताउन राजकुमारी भुजेल ईञ्चार्ज र भक्त तामाङ संयोजक रहनेगरी ५१ सदस्यीय समिति बनेको हो । समितिले आदिवासी जनजातिको हक, अधिकार रक्षाका लागि विद्यालाई जिताउन अपिल गरेको छ ।
पोखरा २१ निर्मलपोखरीमा पनि नेकपाको घरदैलो जारी रहेको प्रचारप्रसार सहसंयोजक झपट रानाभाटले जानकारी दिउ । उनका अनुसार निर्मलपोखरीको चिलाउने खर्क, बाँसपानी, महबारी, थाप्ले तिलाहार, फोक्सिङ, शिवालय क्षेत्रमा घरदैलो गर्दै अहिले कृष्तीको रातामाटा, पोखरेलथोक क्षेत्रमा घरदैलो जारी रहेको छ ।

  •  
  •  
  •  Tweet
  •  
2019-11-19
Krishna Dawadi

Related Articles

प्रहरी महानिरीक्षकको दिनगन्ती शुरु,आइजीपी बन्ने कसरतमा चार डीआइजी

प्रहरी महानिरीक्षकको दिनगन्ती शुरु,आइजीपी बन्ने कसरतमा चार डीआइजी

peacepokhara 23 Jan 2017

फलोअप : रक्सीले मातेका भिनाजुले १० बर्षीय सालीको बरात्कारपछि हत्या गरेको खुलासा

peacepokhara 13 Oct 2016
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

peacepokhara 17 Feb 2017

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Copyright 2017, All Rights Reserved