• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेपाल निर्माण व्यवसायी संघको २७ औँ साधारणसभा बिहीबार हुने   |   10 Dec 2019

  • साग पोखरा : नेपाललाई चार स्वर्ण सहित ३४ पदक   |   09 Dec 2019

  • पोखरा महानगरद्धारा सहकारी प्रोफाइल तयार   |   09 Dec 2019

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना   |   07 Dec 2019

  • महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरो   |   06 Dec 2019

  • सञ्जुलाई भारोत्तोलनमा स्वर्ण पदक   |   05 Dec 2019

 

विद्या भन्छिन् :‘आफनो आँसु पुछें, अब सबै जनताको आँसु पछ्छु’

26 Nov 2019

पोखरा, १० मंसिर ः नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको उल्लेख गर्दै एजेन्डा र विचारको राजनीतिमै अबको जीवन लगाउने प्रतिवद्धता गरेकी छन् । अकस्मात भोग्नुपरेको दुर्घटनामा जीवनसाथी गुमाएपछि आँसु पुछेर आफू चुनावी मैदानमा आएको उनले बताइन् । नेकपाको चुनावी प्रचारप्रसार तथा घरदैलोमा पोखरा २० मौजामा भएको कार्यक्रममा उनले भनिन्, ‘म आँसुको राजनीति गर्न आएकी हैन, बाँकी भएको आँसु पनि पुछेर आएकी छु । अब जनताका दुःख निवारण गर्दै सबैको आँसु पुछ्छु ।’

भट्टराईले आफू समृद्ध नेपाल, सुखी नेपालीको संवाहक बन्ने प्रतिवद्धतासमेत गरिन् । मतदातासँग उनले विभेद मुक्त समाज निर्माण गरी सबैलाई आत्मनिर्भर बनाउन नेतृत्वदायी भूमिका खेल्ने वाचा गरिन् । मोहरिया, मौजा भलामको बाटो निर्माण सम्पन्न गर्ने, आँटीघर मौजालाई पर्यटकीय क्षेत्र बनाउने र यो क्षेत्रमा कृषि र पशुपालनलाई व्यवसायीकरण गर्ने उनले सुनाइन् ।

नेकपा केन्द्रीय सदस्य श्रीनाथ बरालले समृद्धिको जग राख्ने नेकपालाई समृद्धिको सारथि बन्ने जिम्मा जनताले दिइसकेको बताए । प्रदेशसभा सदस्य मनबहादुर गुरुङले अबको २ वर्षमा कुनै नेपाली सुकुम्बासी नरहने दाबी गरे । उनले भने, ‘सरकारले कानुन बनाइसकेको छ । अब केही नेपाली भूमिहीन हुनु पर्दैन ।’ कार्यक्रममा नेकपा पोखरा २० का चुनावी कमान्डर विश्वप्रकाश लामिछाने, नेकपा २० अध्यक्ष भीमप्रसाद बास्तोला, स्थानीय दुर्गाबहादुर गुरु, हरिप्रसाद गुरु, गञ्जमान गुरु, पोखरा २० का प्रचारप्रसार संयोजक सुशील बस्नेत लगायतले बोलेका थिए ।

मंगलबार इन्दुपाखाका १ दर्जन स्थानीय नेकपा प्रवेश गरेका छन् । यसरी विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गर्नेमा धनबहादुर गुरुङ क, धनबहादुर गुरुङ ख, कर्णबहादु गुरुङ, मीनबहादुर गुरुङ, प्रीतिमान गुरुङ, चीजबहादुर गुरुङ लगायत छन् । उनीहरुलाई नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल, उममेदवार विद्या भट्टराई र वडाका चुनावी कमान्डर विश्वप्रकाश लामिछानेले स्वागत गरे । घरदैलोमा कलाकारहरु कृष्ण भण्डारी, शिवहरि ढुंगाना, मनकुमार श्रेष्ठ लगायतले सांस्कृतिक प्रस्तुति राखेका छन् ।

आफूले टेकेकै धर्ती कमजोर पार्ने ?ः देव गुरुङ
नेकपा प्रमुख सचेतक देव गुरुङले देश र राष्ट्रिय स्वाधीनताभन्दा महत्वपूर्ण विषय केही नभएको बताएका छन् । उनले प्रतिपक्षी नेपाली कांग्रेस र विप्लव नेतृत्वको नेकपाले टेकेकै धर्तीलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘जहाँ टेक्ने, त्यही धर्तीलाई कमजोर बनाउने ? यसो गर्नेलाई जनताले चिनेका छन् ।’

संविधानमै त्रुटि भए पनि त्यसलाई परिमार्जन गर्न सकिने विचार राख्दै उनले देशको स्वाधीनतामाथि खेलवाड नगर्न चेतावनी दिए । कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई कमजोर बनाएका उदाहरण पेश गर्दै उनले पटक पटक साम्राज्यवादी, सामन्तसँग घुँडा टेक्नेहरु लोकतन्त्रको पहरेदार हुनै नसक्ने तर्क गरे ।
नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले प्रतिपक्षकै शैली बदल्न उपचुनावले शिक्षा दिने तर्क गरे । उनले कांग्रेसको सरकार भएका बेला कालापानीको प्रस्ताव संसदमा आउँदा कांग्रेसका सचेतकले विरोध गरेको र तत्कालीन सभामुख रामचन्द्र पौडेलले त्यसलाई रोकेको स्मरण गरे । उनले भने, ‘देउवाजी कहिलेदेखि भारतीय गुप्तचर बन्नु भो, म यो भन्न चाहन्न तर उहाँलाई प्रधानमन्त्रीको सहमतिमा नक्सा जारी भएको कसरी थाहा भयो ?’ कमजोर, हतास हुँदै गएपछि पराजित मानसिकताले आरोप प्रत्यारोपमा उत्रिनुभन्दा स्वस्थ प्रतिश्पर्धामा विश्वास गर्न कांग्रेसलाई उनले आग्रह गरे ।
नेकपा कास्की अध्यक्ष कृष्ण थापाले पोखरा ३३ का वडाध्यक्षको गाडीमा विस्फोट भएपछि आमसभालाई विरोधसभाको रुप दिनुपरेको बताए । उनले नेकपाले प्रचण्ड बहुमतले जित्ने सुनिश्चित भएकाले घुसपेठ हुन सक्नेतर्फ मतदातालाई सचेत गराए । थापाले भने, ‘घुसपेठ गर्न, मत किनबेच गर्न खोज्नेलाई समात्नुस् । मतदाताले कारवाही गरे नेकपाले त्यस्तालाई जोगाउन सक्दैन ।’ सभामा नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगाना र सचिव ईश्वरी लम्सालले पनि बोलेका थिए ।

११ मा बुद्धिजीवी भेला
उम्मेदवार विद्या भट्टराई अधिकारीलाई विजयी गराउन वडा नं ११ का बुद्धिजिवी लागेका छन् । नेकपाले मात्र शोषित पीडित, श्रमजीवी लगायत बौद्धिक वर्गको सुरक्षा र सम्मान गर्दै हक, अधिकार सुनिश्चित गर्ने सक्ने भएकाले नेकपा उम्मेदवारलाई विजयी गराउनुपर्ने बुद्धिजिवी परिचालन समिति संयोजक पदम दवाडीले बताए । मंगलबार भएको भेलाले विभिन्न पाँच समूह निर्माण गरी वडाका विभिन्न टोल टोलमा पुगेर उम्मेदवार भट्टराईलाई विजयी गराउन मत माग्ने भएको छ ।

भेलामा वडाका चुनावी कमाण्डर चूडामणि जंगलीले विद्याको जित सुनिश्चित भइसकेको दाबी गरे । जिल्ला कमिटी सदस्य रुद्र विश्वकर्माले प्रदर्शनीकेन्द्रमा आयोजना हुने चुनावी सभामा वडाबाट बृहत जनसहभागिता जुटाउने उल्लेख गरे ।

घरदैलो सकियो, आज चुनावीसभा
नेकपाले चुनावी अभियान अन्तर्गत कास्की २ का ११ वटै वडामा थालेको घरदैलो मंगलबार सकिएको छ । पोखरा ४ मा मंगलबार भएको घरदैलोमा रामबहादुर कोइराला, रामजी गौतम, विष्णुहरि पौडेल र नर्वदा अधिकारी नेतृत्वका टोलीले वडाका विभिन्न क्षेत्रमा पुगी मत मागेको छ । पोखरा ९ का टोलहरुमा गठन गरिएका निर्वाचन परिचालन कमिटीको बैठक भएको छ । पोखरा १५ मा शिवशक्ति टोल, निर्मल टोल लगायतका स्थानमा कोणसभा भएका छन् । चुनावी कमान्डर बखान सिंह तमुले एजेन्डा र आवश्यकतालाई मूल्यांकन गरी फेरि पनि जनताले नेकपालाई अत्यधिक मत दिने बताए ।

पोखरा २१ कृष्ति नाच्नेचौरको व्युलीपीपल र राम्नीमा वडास्तरीय चुनावी सभा भएका छन् । सभालाई नेता खगराज अधिकारी, ठाकुर गैह«े, चुनावी कमान्डर दीपक पौडेल लगायतले सम्बोधन गरे । वडा नं ७, ८ १६, र ३३ मा पनि मतदाता केन्द्रित घरदैलो, कोणसभा, र टोल कमिटी बैठक भएका छन् ।
बुधबार नेकपाको मुख्य चुनावी सभा पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा हुनेछ । नेकपा चुनाव प्रचारप्रसार समिति संयोजक त्रिभुवन पौडेलले निर्वाचन हुने पोखरा महानगरका ११ वटै वडाका बासिन्दालाई बाजागाजसहित हुने ¥याली र सभामा सहभागी हुन अनुरोध गरे । सभालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताले सम्बोधन गर्ने छन् ।

उनले विपक्षीले जनतामा छरेका भ्रम निवारण गर्ने र पार्टीका एजेन्डा बुझाउने मौका मिलेको उल्लेख गरे । संयोजक पौडेलले भने, ‘जनताका सुझाव, माग, मर्का, दुःख फेरि मिहिन ढंगले बुझ्ने मौका मिल्यो । अब विकासको रोडम्याप बनाउँदा ती कुरालाई प्रभावकारी रुपमा सम्बोधन गर्छाैं ।’

  •  
  •  
  •  Tweet
  •  
2019-11-26
Krishna Dawadi

Related Articles

बगरमा नागरिक सुरक्षा सम्बन्धि अन्तरक्रिया

peacepokhara 23 Sep 2014

१२ औं लेखनाथ महोत्सव : एकै दिन ३५ हजारले गरे अवलोकन

peacepokhara 20 Feb 2016

कार्यकर्ता हत्यामा संलग्नलाई नछोड्ने देउवाको चेतावनी, कारबाहीको लागि सरकार दृढ : मन्त्री सिंह

peacepokhara 15 Aug 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Copyright 2017, All Rights Reserved