• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

अमेरिकामा ३ करोड ३५ लाख भन्दा बढी मानिस बेरोजगार

पिस पोखरा २६ बैशाख २०७७, शुक्रबार ०७:१७

अमेरिका । कोरोना भाइरसबाट सबैभन्दा बढी आक्रान्त बनेको विश्वकै शक्तिशाली देश अमेरिकामा करोडौ मानिस बेरोजगार भएका छन् ।

अमेरिकाको सबै राज्यमा फैलिएको भाइरस संक्रमणका कारण उद्योग प्रतिष्ठानहरु बन्द भएपछि करोडौ मानिस बेरोजगार भएका हुन् । अमेरिकी डिपार्टमेन्ट अफ लेबरका अनुसार पछिल्लो ७ हप्ताभित्र ३३.५ मिलियन अर्थात् ३ करोड ३५ लाख भन्दा बढी मानिसले बेरोजगारी भत्ताको लागि आवेदन दिइसकेका छन् । गत साता मात्रै ३५ लाख मानिसले बेरोजगार भत्ताको लागि आवेदन दिएको बताइएको छ ।

अमेरिकी डिपार्टमेन्ट अफ लेबरका अनुसार पछिल्लो ७ हप्ताभित्र ३३.५ मिलियन अर्थात् ३ करोड ३५ लाख भन्दा बढी मानिसले बेरोजगारी भत्ताको लागि आवेदन दिइसकेका छन् । गत साता मात्रै ३५ लाख मानिसले बेरोजगार भत्ताको लागि आवेदन दिएको बताइएको छ ।

संक्रमण रोकथामको लागि संघिय सरकारको नीति अनुसार सबै राज्यले जारी गरेको ‘स्टे होम अर्डर’का कारण काम छोडेर मानिसहरु घरभित्रै बसिरहेका छन् । अधिकांश ब्यापारिक प्रतिष्ठान, उद्योग, करकारखाना बन्द छन् । कोरोनाको कारण बेरोजगार भएका मानिसका लागि सबै राज्यबाट राज्य सरकारले कामदारको पृष्ठभूमि र अन्य केहि मापदण्ड हेरेर नियमित बेरोजगार भत्ता उपलब्ध गराउने गर्छ । त्यस्तै राज्यबाट प्राप्त नियमित बेरोजगारी भत्ताका लागि योग्य भएका मानिसहरुले संघिय सरकारबाट पारित कोरोना राहत कोष अन्तर्गतको थप रकम समेत प्राप्त गर्छन् ।

कोरोनाको कारण बेरोजगार भएका मानिसका लागि सबै राज्यबाट राज्य सरकारले कामदारको पृष्ठभूमि र अन्य केहि मापदण्ड हेरेर नियमित बेरोजगार भत्ता उपलब्ध गराउने गर्छ । त्यस्तै राज्यबाट प्राप्त नियमित बेरोजगारी भत्ताका लागि योग्य भएका मानिसहरुले संघिय सरकारबाट पारित कोरोना राहत कोष अन्तर्गतको थप रकम समेत प्राप्त गर्छन् ।

राज्य सरकारबाट प्राप्त हुने रकम आवेदकको आय र कामको पृष्ठभूमि अनुसार फरक फरक हुन्छ भने संघिय सरकारबाट कोरोना राहत कोष अन्तर्गत आउने रकम सबैलाई समान अर्थात् प्रतिब्यक्ति प्रतिहप्ता ६ सय डलर उपलब्ध हुने गरेको छ । योग्य आवेदकले अन्तिम काम गरेको मिति देखि पुन काममा नजादा सम्म साप्ताहिक रुपमा राज्य र संघिय सरकार मार्फत बेरोजगारी भत्ता प्राप्त गरिरहन्छन् । राज्य सरकारबाट दिइने नियमित बेरोजगार भत्तामा अयोग्य भएकाले संघिय सरकारबाट प्रतिहप्ता प्राप्त गर्ने ६ सय डलरको लागि आवेदन दिन सक्ने ब्यवस्था समेत मिलाइएको छ ।

विश्वमै सबैभन्दा बढी संक्रमित र मानव मृत्यु भएको अमेरिकामा उद्योग ब्यवसाय पुन पहिल्यैको अबस्थामा सञ्चालन गर्ने गरि तयारी भैरहेको छ । सुरुवाती चरणमा आशिंक रुपमा ब्यापार, ब्यवसाय, उद्योग प्रतिष्ठान सञ्चालनको तयारी भैरहदा नयाँ थपिने संक्रमित संख्या र मृतक संख्या घट्न सकेको छैन । अमेरिकामा स्थानीय समय अनुसार विहिवार साझसम्म संक्रमित संख्या १२ लाख ९० हजार कटेको छ भने मृतक संख्या साढे ७६ हजार भन्दा बढी छ । यो समाचार तयार पर्दा सम्म करिब एक लाख ७० हजार संक्रमित निको भएका छन् ।

  •  
  •  
  •  Tweet
  •  
२६ बैशाख २०७७, शुक्रबार ०७:१७
पिस पोखरा

सम्वन्धित खबर

पोखरामा क्यान इन्फोटेक जारी, प्रदेशस्तरीय टाइपिङको उपाधि रविलाई

पोखरामा क्यान इन्फोटेक जारी, प्रदेशस्तरीय टाइपिङको उपाधि रविलाई

कृष्ण दवाडी ६ फाल्गुन २०७४, आईतवार ०४:५४

एन्फालाई सुधार गर्न मेरो नेतृत्वः शेर्पा

पिस पोखरा २ आश्विन २०७३, आईतवार १३:५०

२७ जना नक्कली डाक्टर सिआईबीको फन्दामा !

पिस पोखरा ३ असार २०७३, शुक्रबार १५:३८

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved