अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६० दिनको लागि आप्रवासी रोक्ने गरी कार्यकारी आदेश जारी गरेका छन् । स्थानीय समय अनुसार बुधवार साझ जारी आदेश विहिवार राती ११ बजेर ५९ मिनेट गएपछि लागू हुनेछ । यो आदेशले आप्रवासीका रुपमा अमेरिका प्रवेश गर्न चाहनेलाई अस्थायी रुपमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
यो आदेशले आप्रवासीका रुपमा अमेरिका प्रवेश गर्न चाहनेलाई अस्थायी रुपमा पूर्ण प्रतिबन्ध लगाएको छ । यो आदेश अमेरिका भित्र रहेकाहरुको लागि नभई अमेरिका बाहिर भएका र आदेश जारी भएका बेला सम्ममा आप्रवासी भिसा नलिइएकाहरुलाई लागू हुनेछ ।
यो आदेश अमेरिका भित्र रहेकाहरुको लागि नभई अमेरिका बाहिर भएका र आदेश जारी भएका बेला सम्ममा आप्रवासी भिसा नलिइएकाहरुलाई लागू हुनेछ । अर्थात् तपाईले यसअघिनै आप्रवासी भिसा प्राप्त गरिसक्नु भएको छ भने यो आदेशले तपाईलाई कुनै असर गर्नेछैन र तपाई अमेरिका प्रवेश गर्न सक्नुहुन्छ । तर भिसा प्रक्रियामा हुनुहुन्छ भने तपाईको जारी प्रक्रिया अब यो आदेश अबधिभर अबरुद्ध हुनेछ ।
अमेरिकी नागरिकको दम्पत्ती र २१ बर्ष मुनीका छोराछोरीको हकमा यो आदेश लागू हुनेछैन । अमेरिका भित्र रहेर यसअघिनै अदालती प्रक्रियामा गैसकेकाहरुको प्रक्रियामा पनि यसले असर गर्नेछैन । विशेष गरि आप्रवासी भिसामा अमेरिका प्रवेश गर्न चाहनेहरुप्रति यो आदेश लक्षित छ ।
त्यस्तै स्वास्थ्य सेवा वाहेक अन्य क्षेत्रको कामदार भिसा पनि यो आदेशले रोकेको छ । स्वास्थ्य सेवाको क्षेत्रमा आउने स्वास्थ्यकर्मीका लागि भने यो आदेश लागू हुनेछैन । सुरुमा ६० दिनको लागि भनेर जारी गरिएको यो कार्यकारी आदेश लम्बिने वा नलम्बिने भन्ने कुरा देशको अर्थ ब्यवस्थामा निर्भर रहने राष्ट्रपति ट्रम्पले बताएका छन् ।
कोरोना भाइरसका कारण ठप्प भएको अर्थतन्त्र पुन सञ्चालनमा ल्याउन लागिएको अबस्थामा अमेरिकन नागरिकको रोजगारी सुनिश्चित गर्न यो आदेशले सघाउने ट्रम्प प्रशासनको विश्वास छ । अमेरिकामा भाइरसका कारण उद्योग, करकारखाना, ब्यापार ब्यवसाय बन्द भएपछि २२ लाख भन्दा बढी मानिसले बेरोजगारी भत्ताको लागि आवेदन दिइसकेका छन् । पहिले भाइरसका कारण जागिर गुमाएका अमेरिकनको रोजगारी सुनिश्चित गर्नु आफ्नो दायीत्व भएको ट्रम्पले बताए ।