• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म ८ नेपालीको मृत्यु, सयौ संक्रमित

पिस पोखरा ५ बैशाख २०७७, शुक्रबार ०९:२८

अमेरिका । अमेरिकामा शुक्रवार विहानसम्म कोरोना संक्रमणको कारण ८ जना नेपालीले ज्यान गुमाएका छन् । स्थानीय समय अनुसार विहिवार न्युयोर्क निवासी ७० बर्षीय महेश अमात्यको ज्यान गयो ।

कोरोना संक्रमणपछि न्युयोर्कको जमैका अस्पतालमा उपचाररत उनको विहिवार विहान ज्यान गएपछि दाहसंस्कार र अन्य सहयोगका लागि रिजउड नेपाली समाजले आर्थिक संकलन अभियान सुरु गरेको छ ।

कोरोना भाइरसको नयाँ इपिसेन्टरका रुपमा स्थापित अमेरिकाको न्युयोर्कमा बुधवार ४४ बर्षिय पवनकुमार मल्लको ज्यान गएको थियो । बिगत ३ हप्तादेखी बिरामी मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान ज्यान गयो । प्रकाश भनेर चिनिने पवन अस्पतालले भर्ना लिन नमानेपछि निवासमै आराम गरिरहेका थिए ।

यस्तै मार्च २७ मा कोरोना संक्रमणको कारण ज्यान गुमाएका एक नेपालीको बुधवार मात्रै सनाखत भयो । न्युयोर्कको एल्महस्र्ट अस्पतालमा मृत्यु भएको २० दिनपछि उनी नेपाली बिष्णु राई भएको सनाखत भयो । अमेरिकाको न्युयोर्कमा ६ र अन्य राज्यमा २ गरि हालसम्म ८ नेपालीले कोरोना संक्रमणको कारण ज्यान गुमाएको पुष्टि भैरहेको छ ।

गत मार्च २४ मा न्युयोर्क निवासी ५० बर्षीय अनिल लिम्बुको ज्यान गयो । त्यसपछि अप्रिल ८ मा सोलुखुम्बुका ४४ बर्षीय ङिमा टेम्बा शेर्पाको उपचारकै क्रममा निधन भयो । त्यसको भोलिपल्ट अप्रिल ९ मा न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४७ बर्षका राजकुमार थापाको पनि मृत्यु भयो । अप्रिल १२ मा पेन्सिलभेनिया निवासी ६४ बर्षीय नेपालीभाषी भुटानी बृद्धाको ज्यान गएको छ । तर उनको बारेमा अन्य विवरण सार्वजनिक नगर्न परिवारका सदस्यले आग्रह गरेका छन् । अप्रिल १३ मा मेरिल्याण्ड निवासी ८२ बर्षकी नेपालीभाषी भुटानी बृद्धाको संक्रमणको कारण मृत्यु भएको छ ।

तर कोरोना महामारीका विच ज्यान गुमाएका दुई नेपालीको मृत्युको कारण खुलेको छैन । अप्रिल ५ मा न्युयोर्क निवासी अपर मुस्ताङका ४८ बर्षीय थोक्मे बिष्टको उनी बस्दै आएको अपार्टमेन्टमै मृत्यु भयो । मुस्ताङकै ४० बर्षीय सोनाम लामालाई उनकै निवासमा मृत भेटियो । विरामी भएर घरमै आराम गरिरहेका बेला ज्यान गुमाएका उनीहरुको मृत्युको कारण अझै सार्वजनिक भएको छैन ।

मिनी नेपाल भनेर चिनिने अमेरिकाको न्युयोर्क सिटी क्षेत्रमा ५ सय भन्दा बढी नेपाली संक्रमित भएको अनुमान छ । कतिपय संक्रमणपछि अस्पताल भर्ना भएर निको भई घर फर्किसकेका छन् । धेरैजसो घरमै सेल्फ आइसोलेशनमा छन् । त्यस्तै न्युयोर्ककै छिमेकी राज्य पेन्सिलभेनिया स्थित ह्यारिसबर्गमा पनि केहि नेपालीभाषी भुटानीहरु संक्रमित भएको जानकारी आएको छ । भुटनिज कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष बिनय लुइटेलका अनुसार १२ जनामा संक्रमण पुष्टि भएको जानकारी संस्थामा आएको छ । यसैगरि अमेरिकाको ह्युटा राज्यमा पनि केहि नेपालीभाषी भुटानीहरु संक्रमित भएको खबर छ । मेरिल्याण्ड, भर्जिर्निया, केन्टकी, ओहायो, टेक्सस लगायतका अन्य राज्यमा बस्ने केहि नेपाली र नेपाली भाषी भुटानीमा पनि संक्रमण पुष्टि भएको त्यहा रहेका नेपालीहरुले जानकारी दिएका छन् ।

अमेरिकामा शुक्रवार विहानसम्म ६ लाख ७६ हजार ८ सय भन्दा बढी संक्रमित भैसकेका छन् भने ३० हजार ६ सय भन्दा बढीको ज्यान गैसकेको छ । हालसम्म ५४ हजार ८ सय भन्दा बढी मानिस निको भएका छन् । यो महामारिका विच यहा रहेका नेपालीहरु पनि संक्रमणको उच्च जोखिममा छन् ।

यो महामारिका विच यहा रहेका नेपालीहरु पनि संक्रमणको उच्च जोखिममा छन् । धेरैजसो नेपालीले आफुमा भएको संक्रमण सार्वजनिक गर्न नचाहेका कारण यहा संक्रमित नेपालीको एकिन तथ्यांक संकलन गर्न नसकिएको अमेरिकामा क्रियाशिल बिभिन्न संघ संस्थाका प्रतिनिधिले बताएका छन् ।

दैनिक थपिदै गएको संक्रमित र मृतक संख्या हेर्दा कहालीलाग्दो छ । मानिसहरु घर वाहिर निस्कन पनि डराउदै गरेको अबस्थामा ट्रम्प प्रशासनले ब्यापार व्यवसाय खुल्ला गर्नका लागि नयाँ निर्देशिका जारी गरेको छ । तीन चरणको निर्देशिका अनुसार कम प्रभावित राज्यले आफ्नो राज्यको अबस्था हेरेर सावधानी अपनाई उक्त राज्य खुल्ला गर्न सक्ने भनिएको छ ।

  •  
  •  
  •  Tweet
  •  
५ बैशाख २०७७, शुक्रबार ०९:२८
पिस पोखरा

सम्वन्धित खबर

शुक्रवार खोराकोमुखमा वाम गठवन्धनको प्रदेश स्तरिय सभा

शुक्रवार खोराकोमुखमा वाम गठवन्धनको प्रदेश स्तरिय सभा

कृष्ण दवाडी १४ मंसिर २०७४, बिहीबार १०:५४

नयाँ संविधान असोज ३ गते घोषणा हुने

पिस पोखरा २८ भाद्र २०७२, सोमबार १२:०६

सडक महोत्सबमा आज सविन राईको प्रस्तुती

पिस पोखरा १४ पुष २०७१, सोमबार ०३:१४

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved