• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा, कँडेललाई ३ लाख धरौटी, अस्मिता साधारण तारेखमा छुटिन्

कृष्ण दवाडी ९ भाद्र २०७६, सोमबार १२:३४

काठमाडौँ ९ भदौ । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् । त्यस्तै पत्रकार युवराज कँडेल ३ लाख धरौटी र अस्मिता कार्की साधारण तारेखमा छुटेकी छिन् । सोमवार चितवन जिल्ला अदालतमा भएको बहसपछि लामिछाने र कँडेललाई धरौटीमा छाड्न र कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश जारी भएको हो ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले सो आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापा लगायतले बहस गरेका थिए ।

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो । मुद्दामा अभियुक्तहरुसँग अदालतले आइतबार र सोमबार गरेर दुई दिनसम्म बयान लिएको थियो ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख, पत्रकार युवराज कँडेल ३ लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

जिल्ला अदालतको फैसला अनुसार मुद्धाको पूर्ण किनारा नलागेसम्म लामिछानेले आफ्नो कार्यक्रम मार्फत यस घटनासँग सम्बन्धित रहेर आफ्नो धारणा राख्न र कुनैपनि सामाग्री प्रशारण गर्न पाउने छैनन् ।

आत्महत्या प्रकरणमा संलग्न भएको आरोपमा चितवन प्रहरी र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सञ्चारकर्मी लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनको कार्यालयबाट साउन ३० गते साँझ पक्राउ गरेर चितवन लगेको थियो । अर्की आरोपित अस्मिता कार्कीलाई भने साउन २९ गते नै प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो । लामिछाने पक्राउ परेपछि उनका समर्थकहरुले दिनहुँ चितवनमा प्रदर्शन गरेका थिए ।

जिल्ला अदालतको फैसला अनुसार मुद्धाको पूर्ण किनारा नलागेसम्म लामिछानेले आफ्नो कार्यक्रम मार्फत यस घटनासँग सम्बन्धित रहेर आफ्नो धारणा राख्न र कुनैपनि सामाग्री प्रशारण गर्न पाउने छैनन् ।

पत्रकार पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । केही समय अघिसम्म पुडासैनी सिधा कुरा जनतासँग कार्यक्रमको टिममा थिए ।

  •  
  •  
  •  Tweet
  •  
९ भाद्र २०७६, सोमबार १२:३४
कृष्ण दवाडी

सम्वन्धित खबर

बेगनास र रुपा तालको पानीबाट बिजुली निकाल्ने कुलमानको योजना

बेगनास र रुपा तालको पानीबाट बिजुली निकाल्ने कुलमानको योजना

पिस पोखरा ३ बैशाख २०७४, आईतवार १३:३५
आजबाट छैटौं इक्यान शैक्षिक मेला

आजबाट छैटौं इक्यान शैक्षिक मेला

कृष्ण दवाडी २६ मंसिर २०७५, बुधबार ०२:२८
माछापुच्छ्रे गाउँपालिकाको नयाँपुलमा बृद्धाको हत्या

माछापुच्छ्रे गाउँपालिकाको नयाँपुलमा बृद्धाको हत्या

कृष्ण दवाडी १३ कार्तिक २०७५, मंगलवार ०२:४६

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved