पोखरा,५ जेठ ।
पोखरा महानगरपालिकाको केन्द्रसँग जोड्ने वडा नम्बर २१ को प्राथमिक स्वास्थ्य चौंकीदेखि शिवढुंगासम्मको सडकलाई स्तरोन्नति गरिने भएको छ । पोखरा महानगरपालिकाले कनेक्टिङ सडक अन्तर्गत त्यसलाई स्तरोन्नति गर्नका लागि टेन्डर गरी निर्माण कम्पनीसँग सम्झौता समेत गरेर काम अगाडि बढाएको छ ।
उक्त ठाउँमा नालासहित ३ किमी सडक ग्राबेलिङ गरिने महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए । उनका अनुसार महानगरले उक्त काम गर्नका लागि एक करोडमा टेन्डर निकालेकामा पोखरा कन्स्ट्रक्सन प्रालि पोखरा ८ ले ६२ लाख ३५ हजार हजारमा काम सक्ने गरी सम्झौता गरेको छ ।
निर्माण कम्पनीले गत वैशाख २ गते सम्झौता गरी काम सुरु गरेको हो । उक्त काम सक्ने समयसीमा आगामी भदौसम्म तोकिएको छ । सडकमा १ हजार ५५ मिटर नाला निर्माण, १२ वटा कल्र्भट, ५० मिटर रिटेनिङ पर्खाल, ३ किमी सडक ग्राबेल गरिने छ । उक्त सडकको वडा नम्बर २१ वडाध्यक्ष खगराज आचार्यसहितको प्राविधिक टोलीले कामको गुणस्तर र प्रगतिबारे बिहीबार अनुगमन समेत गरेको छ । वडा २१ का सब इन्जिनियर अनील आचार्यका अनुसार सडकको काम करिब १५ प्रतिशत भएको छ । सडक नालासहित ८ मिटर फराकिलो हुनेछ ।
खराने राखीडाँडा सडक स्तरोनन्ति हुँदै
पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ । महानगरले कनेक्टिङ सडक निर्माण गर्नका लागि २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा २६ मा पर्ने खराने राखीडाँडा सडक स्तरोन्नति गरिने भएको छ ।
खराने राखीडाँडा सडक स्तरोनन्ति हुँदै
पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ । महानगरले कनेक्टिङ सडक निर्माण गर्नका लागि २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा २६ मा पर्ने खराने राखीडाँडा सडक स्तरोन्नति गरिने भएको छ ।
खरानेदेखि २ किमी १ सय मिटर सडकलाई स्तरोन्नति गरी ग्राबेलिङ गरिने महानगरपालिकाले जनाएको छ । उक्त सडकलाई ग्राबेलिङ गर्न र नाली निर्माण गर्नका लागि जिएसआर निर्माण सेवाले जिम्मेवारी पाएको पोखरा महानगरपालिका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर धुव्र भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार खरानेदेखि वडा नम्बर २८ को सिमानासम्मको सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।
उनका अनुसार महानगरपालिकाले उक्त काम गर्नका लागि १ करोडको टेण्डर निकालेकामा निर्माण कम्पनीले ६३ लाख ११ हजार ४ सयमा काम सक्ने गरी महानगरपालिकासँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार १ किमी नाला निर्माण, ९ वटा कल्र्भट र २ हजार १ सय मिटर सडक ग्राबेलिङ गर्नुपर्नेछ । ठेक्का पाएको निर्माणसेवासँग गत चैत २६ गते सम्झौता भएको हो भने आगामी भदौसम्ममा उक्त काम सक्ने समयसिमा तोकिएको छ । सडक नालासहित ९ मिटर फराकिलो हुने वडा नम्बर २६ का सब इन्जिनियर इन्द्रकुमार सुवेदीले जानकारी दिए ।