पोखरा,५ कार्तिक ।
लमजुङमा एक नावालिकाको वाल्टीनमा डुवेर मृत्यु भएको छ ।
सुन्दरबजार नगरपालिका ६ शितलचौतारा बस्ने रामशरण परियारको १५ महिनाकी छोरी लिजा परियार खेल्नेक्रममा आफ्नै घरमा बाल्टीनमा राखेको पानिमा डुवेर मृत्यु भएको छ ।
वाल्टीनमा डुवेर वेहोस भएकी उनलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।