पोखरा, १७ भदौ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकमा गएरातीको पहिरोले गाउँमा ल्याईएको खानेपानीको पाईप वगाउदा पीउने पानीको हाहाकार भएको छ ।
घाचोकको भलावोट र खरीवोटका झन्डै १ सय घरधुरीको लागि पिउने पानी ल्याईएको ४ सय मिटर पाईप चमेरा गुफा नजिक पहिरोले वगाएको हो । ऐतिहासिक चमेरा गुफा समेत पहिरोले पुरेको छ ।
शुक्रवार राती ८ बजेको समयमा गएको पहिरोले पुरै गाउँमा खानेपानीको चरम समस्या भएको स्थानीय प्रकाशमोहन पोखरेलले जानकारी दिए ।‘पहिरोमा परेर ४ मिटर जति पाईप पुरै नष्ट भएको छ।हिजो वेलुका देखीनै धारामा पानी आउन वन्द भयो ।
गाउँमा खानेपानीको हाहाकार छ।’ पोखरेलले भने,‘गाउँपालिका तथा खानेपानी कार्यालयले खानेपानीको यथाशिघ्र व्यवस्थापनको लागि पाईप उपलव्ध गराउनु आवश्यक छ।’