• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

पोखरामा क्यान इन्फोटेक जारी, प्रदेशस्तरीय टाइपिङको उपाधि रविलाई

कृष्ण दवाडी ६ फाल्गुन २०७४, आईतवार ०४:५४

पोखरा, ६ फागुन । प्रदेशस्तरीय खुल्ला टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका रवि क्षेत्रीले जितेका छन् ।

क्यान महासंघ कास्कीले पोखरामा आयोजना गरेको नवौं क्यान इन्फोटेकको अवसरमा आयोजित प्रतियोगितामा क्षेत्री प्रथम भएका हुन् । तक्मा बिक द्वितीय र सरस्वती शर्मा तृतीय भएको प्रतियोगिताका संयोजक महेन्द्र भुर्तेलले जानकारी दिए ।
शनिबार नै भएको कास्की जिल्ला स्तरीय प्रतियोगितामा रवि क्षत्री नै प्रथम भए भने सरस्वती शर्मा द्वितीय र तक्का बिक तृतीय भइन् । क्यान केन्द्रका केन्द्रीय सदस्य अशोक बाबु रानाको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको हो । प्रतियोगितामा विश्वास भण्डारी निर्णायक संयोजक रहेका थिए । १६ जना प्रतियोगीले प्रतिस्पर्धा गरेको भुर्तेलले जानकारी दिए ।
सहभागी प्रतियोगीलाई एक एक वटा एन्टी भाइरस उपहार प्रदान गरिएको छ । प्रथम, द्वितीय र तृतीयलाई इन्फोटेक समापनको दिन विशेष पुरस्कार प्रदान गरिने भुर्तेलले जानकारी दिए । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा आयोजित प्रतियोगिताको सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए ।
यसैबीच, पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा इन्फोटेक जारी छ । शुक्रबार सुरु इन्फोटेक मंगलबारसम्म चल्नेछ । सूचना तथा प्रविधि क्षेत्रमा चासो राख्नेहरुको इन्फोटेकमा आकर्षण देखिएको अध्यक्ष पौडेलले बताए । ‘एक पटक इन्फोटेकको अवलोकन गरी सूचना प्रविधिको नविनतम आयाम बारे बुझ्न म सबैमा सार्वजनिक आह्वान गर्दछु,’ उनले भने ।

  •  
  •  
  •  Tweet
  •  
६ फाल्गुन २०७४, आईतवार ०४:५४
कृष्ण दवाडी

सम्वन्धित खबर

१२ को परीक्षा दिएर फर्केका दुई किशोरीलाई बाढीले बगायो

पिस पोखरा ३१ बैशाख २०७३, शुक्रबार १३:०६

छोरेपाटनमा प्लटिङले डुवान (फोटो फिचर)

पिस पोखरा ११ श्रावण २०७३, मंगलवार ०८:५९

पोखरा आइपुग्यो ‘वाइल्ड रिपर्ज’, शनिबार मालेपाटन चौरमा प्रस्तुती

पिस पोखरा १७ मंसिर २०७३, शुक्रबार १३:३०

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved