• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

एन्फालाई सुधार गर्न मेरो नेतृत्वः शेर्पा

पिस पोखरा २ आश्विन २०७३, आईतवार १३:५०

पोखरा, २ असोज  नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका कर्मा छिरिङ शेर्पाले एन्फालाई सुधार्न कै लागि आफू बढेको दाबी गरेका छन् । मनोनयन दर्ता अघि जिल्लामा चुनाव प्रसारमा दौडिएका शेर्पाले पोखरामा आएर एन्फालाई सुधार गर्दै नेपाली फुटबलको विकास गर्न आफूले नेतृत्व गर्न चाहेको प्रष्ट पारे । रिक्त रहेको अध्यक्ष र एक उपाध्यक्ष पदपूर्ति गर्न कार्तिक ८ गते विशेष साधारण सभा गर्न लागिएको हो ।

नेपाल खेलकूद पत्रकार मञ्च कास्कीले पोखरामा आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने – ‘भ्रष्ट व्यक्तिहरुका कारण अहिले सेवा सुविधा समेत रोकुवा भएको एन्फालाई पारदर्शी बनाई नेतृत्वमा सामूहिकता, आर्थिक पारदर्शिता, संघलाई संगठानात्मक र संस्थागत बनाउन नै म अध्यक्षमा उठेको हुँ ।’ उनले मोफसलकै फुटबल गतिविधिका कारण फुटबलको विकास, खेलाडी उत्पादन भएकाले यो नेपाली फुटबलको मेरुदण्ड भन्दै फुटबललाई देशका विभिन्न भागमा पु¥याउन, ग्रासरुट फुटबलको विकास गर्न, क्लब फुटबल र लिगलाई व्यावसायिक बनाउन आफू लागिपर्ने बताए । उनले यदि यी कुराहरु गर्न सके आगामी ५ देखि १० वर्षमा नेपाली फुटबलले फड्को मार्ने दाबी गरे । आर्थिक पारदर्शिता र नीतिगत पारदर्शिता पनि नभएको एन्फामा दुई महिनाभित्र नियमावली बनाउने उनको दाबी थियो ।

एन्फाका उपाध्यक्ष समेत रहेका शेर्पा हिमालयन शेर्पा क्लबका अध्यक्ष पनि हुन् । उनको एन्फामा भ्रष्टाचार बिरोधी अभियानमा थिए । तत्कालिन अध्यक्ष गणेश थापाले आर्थिक हिनामिना तथा अन्य भ्रष्टाचार गरेको भन्ने आरोप लगाउँदै शेर्पा लगायतले सुरु गरेको अभियानलाई एएफसी र फिफाले सही ठहराएपछि थापा पदमुक्त हुँदा शेर्पा अध्यक्ष नै बन्ने गरी हौसिएका हुन् ।

कात्तिक ८ का लागि तय भएको निर्वाचनमा शेर्पासँगै कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, मनाङ मस्र्याङ्दी क्लबका संस्थापक एवं पूर्व अध्यक्ष टासी घले, पुर्व राष्ट्रिय खेलाडी एवं नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नाम चर्चामा रहेको छ । अध्यक्षका लागि आकांक्षीहरु धेरै भएपछि एन्फाको विधानले समस्या पर्ने देखिएको छ । विधान अनुसार अध्यक्षको उम्मेदवारी दिन ५ जना प्रस्तावक तथा ५ जना समर्थक चाहिने व्यवस्था छ । यसअघि १०÷१० जना रहेकोमा घटाएर ५÷५ जना बनाएपनि अझै पनि यी चार उम्मेदवारका लागि प्रस्तावक समर्थकको टुंगो छैन । यद्यपी, शेर्पाले आफ्नो पक्षमा २० जना अहिले नै देखिसकेको बताए ।

कर्मा छिरिङ मनोनयन पत्र दाखिला अघि देशभरी भ्रमण गरिसक्ने योजनामा छन् । उनले २४ जिल्ला घुमेको जानकारी दिए । कर्माको यो अभियानका क्रममा एन्फा रुपन्देहीका कुमार केसी, दोलखाका बाबुकाजी बस्नेत, झापाका भगिरथ आले मामा, ईलामका निरज खड्गी, लमजुङबाट विश्व पौडेल पनि पोखरा आए । पूर्व अन्तर्राष्ट्रिय फूटबल खेलाडी आनन्द रञ्जित, वरिष्ठ फूटबल प्रशिक्षक कृष्ण थापा, एन्फा कास्की अध्यक्ष धरमबहादुर लामिछाने, एन्फाका पूर्व केन्द्रिय सदस्य दिपक खाती, एन्फा सल्लाहकार मदन केसी, क्षेत्रीय खेलकूद विकास समिति उपाध्यक्ष सुनिल गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्य लगायतको कार्यक्रममा उपस्थिति थियो । मञ्च कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।

एन्फामा लामो समय राज गरेका तत्कालीन अध्यक्ष गणेश थापालाई २०७२ कात्तिक २९ गते फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्षका लागि फुटबलसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गतिविधिबाट निलम्बन गरेपछि अध्यक्ष पदमा पहिलो पटक चुनाव हुन लागेको हो। उनको स्थानमा तत्कालीन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले काम गर्दै आएकोमा उनको निधनपछि नरेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनयन गरी कार्यवाहक अध्यक्षका रुपमा काम चलाउँदै आएका छन् । थापालाई निलम्बन गरेपछि फिफाले गत वैशाख २७ गते एन्फालाई पत्र पठाउँदै चार पदाधिकारीको पुनर्बहाली र रिक्त दुई पदका लागि चुनाव गर्न भन्दै निर्देशन दिएको थियो।

जेठ १० गतेसम्म पुनर्बहाली गरिसक्नुपर्ने निर्देशन फिफाले दिएपनि एन्फाले जेठ १९ मा मात्र पुनर्बहाली ग¥यो । यस्तै फिफाले पत्र पठाएको करिब ३ महिनापछि मात्र एन्फाले रिक्त रहेको पदको लागि चुनावको मिति घोषणा गरेको हो। कार्यसमिति बैठकमा लगातार तीन पटक अनुपस्थित रहेको भन्दै एन्फाले गत असोज ११ गते उपाध्यक्ष त्रय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र किरण राई तथा सदस्य पंकज नेम्बाङलाई बर्खास्त गरेको थियो । सो स्थानमा एन्फाले वीरबहादुर खड्का, सन्तोष बानियाँ र मणी कुवरलाई उपाध्यक्ष र अरुणमान जोशीलाई सदस्यमा मनोनित गरेको थियो ।

  •  
  •  
  •  Tweet
  •  
२ आश्विन २०७३, आईतवार १३:५०
पिस पोखरा

सम्वन्धित खबर

रेडियो बाराहीको आहा–रारा विशेष विजेतालाई नगद १० हजार हस्तान्तरण

पिस पोखरा १६ फाल्गुन २०७२, आईतवार १४:०८

राष्ट्रिय हक्की प्रतियोगितामा आइतबारदेखि सेमिफाइनल

पिस पोखरा ५ पुष २०७१, शनिबार १२:५५

थन्किएका नयाँ वस ९ दिनपछि पुन : चल्न थाले

पिस पोखरा १६ फाल्गुन २०७२, आईतवार १०:३४

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved