• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

प्रधानमन्त्री आज चीन भ्रमणमा जाँदै

पिस पोखरा ७ चैत्र २०७२, आईतवार ०३:४८

काठमाडौं ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जादै छन् । चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आजदेखि ८ दिनको भ्रमणका लागि प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । प्रधानमन्त्री ओली बिहान ११ बजे नै चीन प्रस्थान गर्ने कार्यक्रम रहेको उनकोे सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग भोलि नै शिष्टाचार भेट गर्नेछन् । चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा भोलि उनि सहभागि हुन्छन् । आफ्ना समकक्षी लीसँग वार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्रीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ’बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ सन्दर्भमा नेपाल–चीन सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । भ्रमणको सिलसिलामा सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् अयोजनाको अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिनिधमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।

  •  
  •  
  •  Tweet
  •  
७ चैत्र २०७२, आईतवार ०३:४८
पिस पोखरा

सम्वन्धित खबर

पोखरा महानगरको बजेट छ अर्व १९ करोड(बजेट कार्यक्रमको पूर्ण पाठ सहित)

पोखरा महानगरको बजेट छ अर्व १९ करोड(बजेट कार्यक्रमको पूर्ण पाठ सहित)

कृष्ण दवाडी १० असार २०७७, बुधबार १७:५५
सरस्वती आदर्शको रजत जयन्तीमा पत्रकार महासंघ सहितका संस्थालाई सम्मान

सरस्वती आदर्शको रजत जयन्तीमा पत्रकार महासंघ सहितका संस्थालाई सम्मान

कृष्ण दवाडी १६ फाल्गुन २०७४, बुधबार १२:३५

बेलायती राजकुमार ह्यारी आज पोखरा आउदै

पिस पोखरा ९ चैत्र २०७२, मंगलवार ०१:५४

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved