• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

यातायात ब्यवसायीको आन्दोलन : भोलिदेखि गण्डकी अञ्चलभर सार्वजनिक सवारी नचल्ने

पिस पोखरा २२ माघ २०७२, शुक्रबार ११:३८

गोकुल बानियाँ, पोखरा २२ मघ । पोखरामा नयाँ बस सञ्चालनको बिरोधमा उत्रिएका यातायात ब्यवसायीले शनिवारदेखि गण्डकी अञ्चलभर सार्वजनिक सवारी सञ्चालन नगर्ने घोषणा गरेका छन् ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकीको शुक्रवार वसेको आकस्मिक बैंठकले अञ्चलभरका सार्वजनिक सवारी ठप्प पार्ने निर्णय गरेको हो । समितिले बिज्ञप्ती जारी गर्दै अञ्चलभरका सबै सार्वजनिक सवारी बन्द गर्न र आबश्यक परे सवारीसाधन सहित सडकमा ओर्लन सदस्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

पोखरा नगर क्षेत्रभित्र सञ्चालन गर्ने गरी विन्धवासिनी यातायात बस ब्यबसायी समितिका तीन वटा बसले रुट ईजाजत प्राप्त गरेपछि त्यसको बिरोधमा पुराना ब्यवसायी आन्दोलित भएका हुन् । पोखरामा थप नयाँ बसको आवश्यकता नरहेको र भएका समितिले यात्रुको आवश्यकता अनुसारको सेवा दिईरहेकाले नयाँ समितिको रुट ईजाजत खारेज हुनुपर्ने उनिहरुको माग छ । andolanशुक्रवारबाट सेवा सुरु गरेको नयाँ बसलाई अबरोध गर्ने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि दिनभर पोखराको सार्वजनिक सवारी ठप्प भएको थियो । ब्यबसायीले सडकका चोकचोकमा सवारी तेर्साएर अबरोध गरेपछि पोखरा नगर क्षेत्रमा चल्ने र पोखरा हुदै बाहिरिने सवारी प्रभाबित भएका थिए ।

शनिवारदेखि सवारी साधन सहित चक्काजाम गर्ने र मोटरसाईकल बाहेक अन्य कुनै सवारी सञ्चालनमा आउन नदिने समितिका सहसंयोजक योगेन्द्र बहादुर केसीले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यबस्था विभागको पत्रका आधारमा यातायात ब्यबस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो ।

  •  
  •  
  •  Tweet
  •  
२२ माघ २०७२, शुक्रबार ११:३८
पिस पोखरा

सम्वन्धित खबर

हिमाल आरोहण अनुमतिको अधिकार एनएमएबाट खोसेर पर्यटन विभागलाई

पिस पोखरा १ कार्तिक २०७२, आईतवार ०४:५०
सार्वजनिक जमीनमा घर बनाउने जनप्रतिनिधि सहित ३ जनाको घरमा डोजर

सार्वजनिक जमीनमा घर बनाउने जनप्रतिनिधि सहित ३ जनाको घरमा डोजर

कृष्ण दवाडी २३ पुष २०७५, सोमबार ११:१४

अमेरिकी डिभी चिठ्ठाको आवेदन असोज १५ गते खुल्ने

पिस पोखरा १० आश्विन २०७१, शुक्रबार ११:५०

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved