काठमाडौं २८ भदौ । नयाँ संविधान असोज ३ गते जारी हुने भएको छ । अहिले संविधानसभामा नयाँ संविधानको विधेयकमाथि मतदान चलिरहेको छ ।
संविधानसभा सचिवालयले असोज ३ गते साँझ ५ बजे नयाँ संविधान घोषणाको कार्यतालिका बनाएको छ । संविधान जारी भएको घोषणाका लागि निम्तो लिएर संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिलाई भेट्न शीतल निवास जाँदैछन् ।