पोखरा २१ फागुन । उद्यमशीलता, स्वतन्त्रता र समानताको नारालाई आत्मसात् गर्दै स्थापना भएको पद्मावती मिडिया प्रालि द्धारा सञ्चालित रेडियो जननी ९०.६ को प्रथम वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
रेडियोले १०५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन फागुन २४ गते गर्न लागेको प्रथम वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
रेडियो जननीले आमाहरुका लागि रेडियो जननी भन्ने लक्ष्य सहित पोखराका २८ वटै वडाका २८ जना सफल आमाहरुलाई “आमा सम्मान कार्यक्रम २०७१” बाट सम्मान गर्दैछ भने उद्देश्य अनुरुप काम गरेका पोखरा नगरक्षेत्रका उत्कृष्ट ३ वटा आमा÷महिला समूहलाई “जननी अवार्ड २०७१” प्रदान गर्दैछ । यसै गरि महिला उद्यमीहरुको आवाजसँगै रेडियो जननी प्रति श्रोताको भनाईलाई समेटेर “जननी उद्यमी आवाज” नामक स्मारिका समेत प्रकाशन गर्न लागेको रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले जानकारी दिईन् ।
कार्यक्रम सम्पन्न गर्नका लागि रेडियो जननीका संस्थापक लक्ष्मी पाण्डेको संयोजकत्वमा वार्षिकोत्सव मुल समारोह समिति तथा विभिन्न उपसमिति गठन भएको छ । जसमा अतिथी सम्मान उपसमिति संयोजकमा रेडियोका कार्यकारी निर्देशक लक्की कार्की, प्रचारप्रसार संयोजकमा रेडियोका स्टेशन म्यानेजर विमला भण्डारी, स्वास्थ्य सम्बन्धी प्याकेज कार्यक्रम संयोजकमा रेडियोका उपाध्यक्ष डा. गोमा तुलाचन, स्मारिका प्रकाशन उपसमिति संयोजकमा रेडियोका सचिव लक्ष्मी मल्ल र सम्पादकमा जमुना वर्षा, अर्थ संकलन संयोजकमा रेडियोका कोषाध्यक्ष अरुणा शेरचन र संस्थापक जुना पन्त, कार्यक्रम प्रायोजक र अतिथी÷आमा समूह सम्मान संयोजकमा संस्थापक मिलन थापा, आमा समूह समन्वय संयोजकमा संस्थापक सिता पाण्डे, मञ्च व्यवस्थापन र फूलमाला÷बुके व्यवस्थापन संयोजकमा संस्थापक निर्मला भण्डारी रहेका छन् ।
यसै गरि प्रकाशन उपसमिति संयोजकमा स्वस्ती भट्टराई, अफिस व्यवस्थापन संयोजकमा संस्थापक सविता शेरचन र सौमाया गुरुङ्ग भट्टराई र हस्तकला प्रदर्शन संयोजकमा देव कुमारी हिराचन रहेका छन् ।
“सफल जननी अवार्ड २०७१” का लािग टोल विकास संस्था नगर समन्वय समिति, पोखराका अध्यक्ष उज्जवल खत्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । कमिटिमा पोखरा उपमहानगरपालिकाका कार्यक्रम अधिकृत दुर्गा न्यौपाने, वडा नं ९ का सचिव लोकदर्शन कोइराला, वडा नं १३ महिला समन्वय समितिका अध्यक्ष सत्य खनाल, रेडियो जननीका संस्थापक तथा वार्षिकोत्सव कार्यक्रमका संयोजक लक्ष्मी पाण्डे रहेकी छिन् ।
पत्रकार सम्मेलनमा बोल्दै रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले सबैको माया, सद्भाव र सहयोगले महिला उद्यमी द्धारा सञ्चालित र महिला मात्र कार्यरत रेडियो जननी सफलताका साथ पहिलो वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गर्न लागि रहेको र आगामी दिनमा पनि यस्तै सहयोग मिल्ने अपेक्षा व्यक्त गरिन् ।
रेडियोका स्टेशन म्यानेजर विमला भण्डारीले रेडियोको वार्षिकोत्सवका साथै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा गर्न लागिएका कार्यक्रममा सबैको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिन् ।
रेडियोका संस्थापक तथा वार्षिकोत्सव कार्यक्रमका संयोजक लक्ष्मी पाण्डेले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले आफ्नो तयारी अन्तिम चरणमा पु¥याएको जानकारी दिनु हुँदै कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गरिन् ।
रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सचिव त्रिभुवन पौडेल, रेडिया जननीका संस्थापक जुना पन्त, स्वस्ती भट्टराईको पनि उपस्थिती रहेको थियो ।
यसै बीच वार्षिकोत्सव कार्यक्रमका अवसरमा थाइराइड सम्बन्धी जनचेतना जगाउने उद्देश्य सहित कार्यक्रम गर्नुका साथै ५० प्रतिशत छुटमा परीक्षण समेत गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।