पोखरा, २ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री अर्जुननर सिंह केसीले माघ ८ मा कुनै पनि हालतमा संविधान जारी हुनै नसक्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीको आयोजनामा लोकतान्त्रिक संविधानको घोष्णा : अवसर र चुनौती विषयीक कार्यक्रममा आज बोल्दै उनले माघ ८ मा संविधान जारी गर्न नसके पनि प्रक्रियालाई अगाडि बढाउन सके त्यही नै ठूलो उपलब्धी हुने बताए ।
उनले प्रक्रियामा जान पनि घटिमा तीन महिना लाग्ने भएकाले नेताहरु स्पष्ट रुपमा बोलेर जनतालाई जानकारी दिनुपर्ने बताए । ८ गते नै आउनको लागि कुनै दैवि शक्तिले पनि काम गर्न सक्दैन उनको भनाई थियो । राजनैनितिमा मैले जे देखेको छु, त्यो नै सत्य कुरा हुनुपर्छ, जनतालाइृ झुकाएर हुँदैन, हामी सहमतिमा जान नसके पनि प्रक्रियामा जानुपर्छ भन्ने कुरा नेता केसीले स्पष्ट परे ।
एनले पेलेर जाँदा संविधान लोकतान्त्रिक नहुने हुदाँ प्रक्रियामा गएर संविधान जारी गर्नु पर्ने बताए । सत्तामै रहेका दलहरुले माघ ८ मै संविधान जारी गर्ने रटान गरिरहेका बेला काँग्रेस केन्द्रिय सदस्य समेत रहेका के.सी. ले भने विपक्षीलाई पेलेर फास्ट टं«याक मार्फत संविधान पेश गर्दा देशमा द्धन्द्ध हुने हुदाँ त्यो नगर्न आग्रह गरे ।
अनलाइन भोटिङ सिस्टमबाट टप टेन सभासद्मध्ये एक नम्बरमा पर्न सफल केसीले पार्टी कार्यकत्र्तालाई गणेश प्रविधि छोड्नलाई आग्रह गर्दै नेतालाई होइन नितिलाई प्रधान बनाएर पार्टीलाई अगाडि बढाउन आग्रह गरे ।
त्यसै गरी सभासद् शारदा पौडेलले जनताको म्यानडेट अनुसारको संविधान जारी गर्न फेरी जन दवाव आवश्यक रहेको बताईन् । प्रजातान्त्रिक समाजका केन्द्रिय अध्यक्ष डा. केदार नरसिंह केसीले राजनैतिक दलहरुले आफू खुसी संविधान जारी गर्न नसक्ने बताउदै संघीयता र राज्यको शासन पद्दतिमा सोचेर मात्र निर्णय गर्न आग्रह गरे ।
प्रजातान्त्रिक विचार समाज बासुदेव भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कास्की काँग्रेस सचिव कृष्ण केसी, समाजका उपाध्यक्ष एव्म नेपाल मेलिकल एशोसिएसन गण्डकी शाखाका निवर्तमान अध्यक्ष डा. गिरीधारी शर्मा, प्रेश युनियनका केन्द्रिय सदस्य रमेश पौडेल, विचार समाजका सदस्य एव्म नेपालभारत मैत्री संघका कास्की अध्यक्ष ऋषि सापकोटा, सचिव विन्दु पौडेल लगायतले तत्काल संविधान जारी गर्न पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा डि.एल.ए. कास्कीका पूर्व अध्यक्ष रोहितराज बाँस्तोलाले कार्यपत्र पेश गरेका थिए भने वर्तमान अध्यक्ष कृष्ण तिम्लिसिनाले तिप्पणी गरेका थिए । कार्यक्रममा नेता केसीले प्रजाचान्त्रिक विचार समाजको झण्डै ३० जना आजिवन सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।