• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

सडक महोत्सबमा आज सविन राईको प्रस्तुती

पिस पोखरा १४ पुष २०७१, सोमबार ०३:१४

गोकुल बानियाँ, पोखरा १४ पुस । पोखराको लेकसाईडमा जारी १६ औं  सडक महोत्सबमा आज पनि बिभिन्न कार्यक्रम हुदैछन् । दिनमा बिभिन्न सास्कृतिक कार्यक्रम र साझ परेपछि लाईभ ब्याण्ड प्रस्तुती रहने आयोजक रेवान पोखराले जनाएको छ ।

महोत्सबको दोस्रो दिन आज साझ ७ बजेदखि राती १० बजेसम्म सविन राईको प्रस्तुती रहने रेवान पोखराका महासचिब लक्ष्मण बरालले जानकारी दिए । त्यस्तै दिनमा बसुन्धरा पार्क भित्र लोकदोहोरी गित र बद्री पंगेनीको प्रस्तुती रहेको छ ।

महोत्सब हुने क्षेत्र लेकसाईडको सडकबिचमा रहेका चौताराहरुमा बिभिन्न सास्कृति प्रस्तुती हुनेछन् । महोत्सब उद्घाटनको दिन हिजो दर्शकको उपस्थिति उत्साहजनक रहेको आयोजकको दाबि छ ।

फिस्टेल गेट देखि खहरेसम्म झण्डै तीन किलोमिटर क्षेत्रमा आयोजित महोत्सबमा बसुन्धरा पार्क भित्र र बाहिर सडकमा गरी करिब तीन सय स्टल छन् । सडकमै रेष्टुरेण्टको स्टल राखिएको छ । लेकसाईड क्षेत्रमा पर्यटकको चहलपहल समेत बढेको छ । पुस १७ गते सम्म चल्ने पाच दिने महोत्सब अबधिभर आन्तरिक र बिदेशी गरी झण्डै पाच लाख पर्यटक पोखरा भित्रने अनुमान गरिएको छ ।

सडक महोत्सब अबलोकन संगै अंग्रेजी नयाँ बर्ष मनाउन पोखरा आउने आन्तरिक पर्यटकले यो बेला पोखराको होटल भरिभराउ हुन्छन् । महोत्सबमा सिम्रिक एयरले हेलिकप्टरबाट पोखरा दृष्याबलोकनको समेत ब्यबस्था मिलाएको छ । त्यस्तै अल्ट्रालाईट कम्पनीले पनि पुष २६ गते सम्मको लागि स्वदेशीलाई ३० र बिदेशीलाई १५ प्रतिशत छुटको ब्यबस्था मिलाएको छ ।
महोत्सबमा स्टल राखेका कुनैपनि रेष्टुरेण्टले चर्को शुल्क असुलेमा खबर गर्न रेवानले आग्रह गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिने रेष्टुरेण्टमाथि कारबाही गरिने रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले जानकारी दिए ।

त्यस्तै महोत्सब अबधिभर कुनै पनि होटलले कोठा भाडामा चर्को मुल्य लिएमा जानकारी गराउन पश्चिमाञ्चल होटल संघले आग्रह गरेको छ । यसअघिका महोत्सब र नयाँ बर्षमा पोखरा आउने पर्यटकले होटल र रेष्टुरेण्टले चर्को मुल्य असुलेको गुनासो गरेपछि कडाई गरिएको हो ।

  •  
  •  
  •  Tweet
  •  
१४ पुष २०७१, सोमबार ०३:१४
पिस पोखरा

सम्वन्धित खबर

ड्रोनबाट तस्बिर खिच्ने चिनियाँ पर्यटकलाई २५ हजार जरिवाना

ड्रोनबाट तस्बिर खिच्ने चिनियाँ पर्यटकलाई २५ हजार जरिवाना

पिस पोखरा २० आश्विन २०७४, शुक्रबार १८:५९
पोखराको वीरेठाँटीमा फागुपूर्णिमा मेला

पोखराको वीरेठाँटीमा फागुपूर्णिमा मेला

पिस पोखरा १२ फाल्गुन २०७४, शनिबार ०३:०२
कास्की २ (१) बाट प्रदेश सभा सदस्यमा  कृष्ण थापा विजयी

कास्की २ (१) बाट प्रदेश सभा सदस्यमा कृष्ण थापा विजयी

कृष्ण दवाडी २३ मंसिर २०७४, शनिबार १०:५३

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved