Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

पोखरामा माघ १८ देखि सृजना आमन्त्रण महिला / पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता

Headline, खेलकुद, पोखरा 0 100

vollyball-1गोकुल बानियाँ, पोखरा २४ पुस । पोखरामा माघ तेस्रो साता महिला र पुरुषको राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा माघ १८ देखि २२ गतेसम्म सृजना आमन्त्रण महिला /पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुन लागेको हो ।

आईतवार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार महिला र पुरुष दुबै विधामा ६ टिम सहभागी हुनेछन् । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ, न्यू डायमण्ड र हेल्प नेपाल स्पोर्टस क्लबले सहभागीता जनाउने आयोजकले जनाएको छ ।

vollyball-2प्रतियोगिताको विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ७७ हजार ७७७ रुपैया मेडल, प्रमाणपत्र र ट्रफि पुरस्कार प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए । प्रतियोगिता लिकम नक आउटको आधारमा हुनेछ ।

प्रतियोगितालाई सिर्जना विकास केन्द्रले मुख्य प्रायोजन गरेको छ । आईतवार आयोजित पत्रकार सम्मेलनमै प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा आयोजकको तर्फबाट क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र मुख्य प्रायोजकको तर्फबाट सिर्जना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिर्जना विकास केन्द्रले मुख्य प्रायोजक वापत आयोजकलाई ७ लाख रुपैया दिनेछ । आयोजकले प्रतियोगिताको प्रवेश टिकट वापत भएको आम्दानीको १० प्रतिशत द्धन्द पिडीत वालवालिकाको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सिर्जना विकास केन्द्रलाई दिने सम्झौतामा उल्लेख छ ।

vollyball-3प्रतियोगिता सम्पन्न गर्न १८ लाख ६५ हजार खर्च अनुमान गरिएको छ । अन्य रकम प्रायोजक, ब्यानर, गेट टिकटबाट प्राप्त हुने लक्ष्य राखिएको छ । महिलाहरुको आयआर्जनमा सघाउन विभिन्न जिल्लामा सिर्जना बैंकिङ कार्यक्रम मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको सिर्जना विकास केन्द्रले पहिलोपटक खेलकुदमा लगानी गरेको हो । पश्चिमाञ्चल भलिवल संघ र कास्की जिल्ला भलिवल संघको ब्यवस्थापनमा हुने प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलनमा अमेरिकामा बसोवास गर्ने म्याग्दीका गर्वुजा यम पुनको तर्फबाट काठमाडौंमा हुने ढोरपाटन कप खेल्ने पश्चिमाञ्चलका महिला टिमको लागि जर्सी हस्तान्तरण समेत गरिएको थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook