Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

पोखरामै पहिलो सिजनेवल इन्डोर स्विमिङ पुल सहित ‘द कुटी रिर्सोट’ (भिडियो सहित)

283
kuti

गोकुल बानियाँ , पोखरा ६ पुस । पोखरामै पहिलो पटक मौषम अनुसार तातो चिसो पानीको ब्यवस्था भएको सिजनेवल इन्डोर स्विमिङ पुल सहितको रिसोर्ट सञ्चालनमा आएको छ । पोखरा ६ लेकसाइड स्थित बाराही मार्गमा भित्रै तातो चिसो पानीको सुविधा भएको ‘द कुटी रिसोर्ट’ सञ्चालनमा आएको हो ।

झण्डै साढे दुई बर्ष लगाएर निर्माण गरिएको रिसोर्टको एउटा भवन पूर्ण रुपमा सञ्चालनमा आएको छ भने अर्को भवन निर्माणको क्रममा छ । गत लक्ष्मीपूजाको दिनबाट रिसोर्टको इन्डोर स्विमिङ पुल सहित २८ वटा कोठा, रेष्टुरेन्ट र सेमिनार हल सञ्चालनमा ल्याइएको हो ।

हाल सञ्चालनमा रहेका २८ रुम मध्ये एउटा स्विट रुम हो भने २७ वटा डिलक्स रुम हुन् । सञ्चालक देबेन्द्र केसीका अनुसार निर्माणाधिन अर्को भवन सम्पन्न भएपछि कुल ५० रुम हुनेछ । आगामी बैशाख पहिलो साता सम्ममा पूर्ण रुपमा सञ्चालनमा ल्याउने भनिएको रिसोर्टमा १० वटा स्विट रुम र ४० वटा डिलक्स रुम हुनेछन् ।

हाल सञ्चालनमा आएको सिजनेवल इन्डोर स्विमिङ पुल पोखरामै पहिलो भएको सञ्चालकको दावि छ । रिसोर्ट भित्रै मौषम अनुसार तातो, चिसो पानीको ब्यवस्था सहितको स्विमिङ पुलमा एकसाथ झण्डै ३० जनाले पौडन सक्नेछन् । स्विमिङ पुलको गहिराई साढे ४ देखि साढे पाँच फिट सम्मको छ ।

रिसोर्टका सबै कोठामा मिनीवारको सुविधा छ भने प्रत्येक कोठाको आ आफ्नै बाल्कोनी छन् । जहाबाट हिमाली श्रृङखला , फेवाताल, शान्ति स्तुपा, सराङकोटको दृष्य देख्न सकिन्छ । ‘आगामी बैंशाख सम्ममा रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा ल्याउने लक्ष्य हो, ’ सञ्चालक केसीले भने ‘सबै सञ्चालनमा आएपछि रुमको संख्या ५० पुग्नेछ जस मध्ये १०वटा स्विट र ४० डिलक्स हुनेछ । ’ रिसोर्टको १६ वटा कोठाबाट सुतेरै हिमाल देख्न सकिने केसीले बताए । रिसोर्टमा हाल नेपालीलाई डिलक्स रुमको ४५ सय र स्विट रुमको १५ हजार रुपैया मुल्य तोकिएको छ भने विदेशीका लागि डिलक्स रुमको ७५ सय रुपैया तोकिएको छ । यो रकममा ब्रकफाष्टको सुविधा छ ।

रिसोर्टमा हाल डेढ सय जना क्षमताको रेष्टुरेन्ट र झण्डै दुई सय जना क्षमताको सेमिनार हल तयार सञ्चालनमा छ । रेष्टुरेन्टबाट रिसोर्टमा बस्ने पाँहुनालाई २४ सै घण्टा प्रदान गर्न सकिने र सबै प्रकारका खानाको ब्यवस्था रहेको अपरेशन म्यानेजर सुमितजंग अधिकारीले बताए ।

रिसोर्ट अपाङ्गता भएका ब्यक्ति तथा बृद्धबृद्धा र वालवालिकाको लागि सुविधायुक्त छ । रिसोर्टको रेष्टुरेन्टमा जान तथा कोठामा जान आउनका लागि लिफ्टको ब्यवस्था गरिएको छ । त्यस्तै रिसोर्ट प्रवेश गर्ने स्थानमा सेन्सर डोर राखिएको छ ।

‘तीन तारे होटलमा पाइने सुविधाहरु स्विमिङ पुल, स्पा, साउना, मसाज, हेल्थक्लब एबं ट्राभल डेक्स आउने बैंशाख सम्ममा दिने तयारीमा छौ ’ सञ्चालक केसीले भने । उनका अनुसार रिसोर्टमा हाल सम्म झण्डै ३५ करोड रुपैया लगानी भएको छ ।

रिसोर्टका पाहुनाको लागि पर्याप्त पार्किङ सुविधा पनि भएको र विमानस्थल तथा बसपार्क सम्म आउन जानका साथै पोखरा दृष्यावलोकनका लागि गाडीको ब्यवस्था समेत रहेको सञ्चालकले बताए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook