Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

रेवानको केन्द्रिय अध्यक्षमा पुन: जैसवाल, क्षेत्रीय उपाध्यक्षमा गोपी भट्टराई निर्विरोध

30
reban

गोकुल बानियाँ , काठमाडौं २ पुस । रेष्टुरेन्ट एण्ड वार एसोसिएसन रेवानको केन्द्रिय अध्यक्षमा पुन: प्रमोद कुमार जैसवाल चयन भएका छन् । शनिवार सम्पन्न २४ औं बार्षिक साधारणसभा तथा केन्द्रिय महाधिवेशनबाट जैसवाल दोस्रो कार्यकालको लागि निर्विरोध चयन भएका हुन् ।

अध्यक्षसहित सबै कार्यसमिति निर्विरोध चयन भए । आगामी दुई बर्षे कार्यकालका लागि रेवानको केन्द्रिय उपाध्यक्षमा अनुप लाल कक्षपति, क्षेत्रीय उपाध्यक्षमा पोखराबाट गोपी बहादुर भट्टराई र चितवनबाट सीताराम कुमाल चयन भए । त्यस्तै महासचिवमा अरनीको राजभण्डारी, सचिवमा एकराज अधिकारी, कोषाध्यक्षमा सम्भावित श्रेष्ठ र सह कोषाध्यक्षमा शिव कुमार पिया चयन भएका छन् ।

pramod-jaisawalयसैगरी केन्द्रिय सदस्यमा नृपेश श्रेष्ठ, उद्धब ढकाल, रञ्जन कृष्ण कायस्थ, संघर्ष विष्ट, रेखा खेतान र मोहित बंश आचार्य चयन भएका छन् । रेवान पोखराका अध्यक्ष चौ वहादुर गुरुङ र रेवान सौराहका अध्यक्ष लाल बहादुर भट्ट पदेन केन्द्रिय सदस्य चयन भए । महाधिवेशनबाट १६ सदस्यिय कार्यसमिति चयन भएको र वाँकी तीन केन्द्रिय सदस्य पछि मनोनित गरिने महासचिव अरनिको राजभण्डारीले जानकारी दिए ।

यसअघि महाधिवेशनको उद्घाटन गर्दै रेवानका संस्थापक अध्यक्ष एबं होटल संघ नेपालका पूर्व अध्यक्ष श्याम सुन्दर लाल कक्षपतिले रेवानले सदस्यता बृद्धिसँगै संस्थागत विकासमा ध्यान दिनुपर्ने सुझाब दिए । काठमाडौंमा भएका सबै रेष्टुरेन्टलाई समेट्न नसकेकोमा दुख ब्यक्त गर्दै उनले सदस्यता बढाउदै संस्थालाई अझ मजबुद बनाउनुपर्ने बताए ।

रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले रेवानलाई बलियो संस्थाको रुपमा स्थापित गराउन केन्द्रिय तहका पदाधिकाहरु लाग्नुपर्ने खाचो औल्याए ।

रेवान सौराहका अध्यक्ष लाल बहादुर भट्टले सौराहसहित आसपासका पर्यटकिय क्षेत्रका रेष्टुरेन्टलाई समेत समेट्ने प्रतिबद्धता जनाए । कार्यक्रममा रेवान सौराहलाई क्षेत्रीय क्षेत्रीय शाखाको मान्यता प्रदान गर्दै प्रमाणपत्र समेत दिइएको थियो ।

रेवान पोखरा क्षेत्रका उपाध्यक्ष गोपी बहादुर भट्टराईले पोखरामा आयोजना गर्न लागिएको १८ औं पोखरा सडक महोत्सबलाई सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वस ब्यक्त गरेका थिए । कार्यक्रममा रेवान केन्द्रलाई पोखरा च्याप्टरको तर्फबाट क्यालेण्डर प्रकाशन सहयोगका लागि एक लाख रुपैयाको चेक समेत हस्तान्तरण गरियो । रेवान पोखराका सल्लाहकार बलराम पहारीले केन्द्रिय अध्यक्ष जैसवाललाई चेकहस्तान्तरण गरेका थिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook