• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • प्रदेश सरकार गठनपछि पहिलो पटक सुरक्षा समिति वैठक   |   25 Apr 2018

  • नयाँबर्षमा सुजकीले ल्यायो ह्याप्पी न्यू कार अफर   |   25 Apr 2018

  • मन्त्री जगत विकले लिए आमा गुमाएका र बावु अपांग रहेका बालकको अभिभावकत्व   |   25 Apr 2018

  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

 

पोखरामा रञ्जित गजमेरका गीत घन्किने

12 Feb 2018

पोखरा २९ माघ ।  वरिष्ठ संगीतकर्मी तथा गीतकार रञ्जित गजमेरको सम्मान तथा अभिनन्दनमा पोखरामा विशेष कार्यक्रम हुने भएको छ । नेपाली चलचित्र गीतका लिजेन्ट गजमेरको सम्मान तथा अभिन्दनसँगै विशेष फागुन १९ गते पोखरामा उनकै गीत घन्किने भएको हो ।

पोखराको लोप्रिय कन्दरा ब्यान्ड र पोखरा महानगरपालिकाले संयुक्त रुपमा विशेष कार्यक्रम गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । ‘जसले नेपाली सिने जगतलाई लोकप्रिय तथा कर्णप्रिय गीत दिए । जसले गीतमा नेपाल स्वाद दिए, उनैको सम्मान तथा अभिनन्दमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेका हौं,’ कन्दरा ब्यान्डका विवेक श्रेष्ठले भने, ‘नेपालीलाई यति ठूलो उपहार दिने व्यक्तित्वको सम्मानमा किन केही नगर्ने भनेर कार्यक्रम आयोजना गरेका हौं ।’

संगीतको उत्सवमय सहर पोखरालाई अर्को सम्मानयोग्य र उत्सवमय सांगीतिक इट्टा थप्नका लागि नवीन सोच ल्याएको उनले बताए । ‘हामीले सर्जक मरिसकेपटि उनको सम्झानामा वा स्मृतिमा थुप्रै कार्यक्रम गरेका छौं,’ विवेकले भने, ‘सर्जकको सम्मान गर्नुपर्छ तर जिउँदो हुँदा नै गर्नुपर्छ भन्ने सन्देश दिन पनि खोजेका हौं ।’

गजमेरलाई अगाडि राखेर चर्चित गायकगायिकाले उनकै गीत गाउनेछन् । गायक कर्णदास, रामभक्त जोजिजू, कन्दराका विवेक श्रेष्ठ, विनोद बानिया, रजनी राइ, अजुदा थापा, स्वरुपा आशा र रोबी गौली लगायतले लाइभ कन्सर्टमा उनकै गीत गाउने छन् । सोही दिन पोखराका वाङमयिक संस्थाले गजमेरको अभिनन्दन गर्नेछन् ।

‘नेपाली चलचित्रका मौलिक गीत भन्नेबित्तिकै गजमेरको नाम आउँछ । उनले एकसे एक मौलिक गीतमात्रै नेपालीलाई दिएका छैनन् नेपाल र भारत सांगीतिक पुल पनि बनेका छन्,’ कवि तथा गीतकार तीर्थ श्रेष्ठले भने, ‘हाम्रा गीतहरु भारतीयबाट प्रभावित छन् भन्ने गरिन्छ तर नेपालीबाट पनि भारतीय प्रभावित छन् भन्ने एक उदाहरण हुन् रञ्जित गजमेर ।’ नेपाली मादलको आवाजलाई बलिउडमा छिराउने र भारती संगीतकर्मीले समेत श्रद्धाले रञ्जितको नाम लिने कति तीर्थले बताए ।

सोही दिन विवेक श्रेष्ठ र स्वरुपा आशाको आवाज, रञ्जित गजमेरको एकल संगीत, स्वर्गीय गीतकार अगमसिंह गिरी, कुशुम गजमेर, अर्जुन सापकोटा र रञ्जितका शब्दमा ‘रञ्जित गजमेरको कृति’ एल्बम विमोचन हुने आयोजकले जानकारी दिएको छ ।

सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा आफूलाई समाहित गराएका गजमेरले सयौं गीतमा संगीत र केही गीतमा आवाज दिएका छन् । ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘बासुदेव’, ‘साइनो’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘कोसेली’, ‘दर्पण छाया’ जस्ता गीतमा उनी एकछत्र छाए । उनी अहिले पनि हार्माेनियममा ‘वीरताको चिनो वीरको सन्तान, शहीदको रगत, लाहुरेको निशानी’ बजाइरहन्छन्, जुन गीतले नेपालीले शान उचो भएको महसुस गर्ने संगीतकार सुनील थापा बताउँछन् ।

१९६७ मा गजमेर काठमाडौं आएर रेडियो नेपालमा स्टुडियो संगीतकार पनि बनेका थिए । पछि उनी मुम्बई (बम्बई)मा संगीतिक करियर बनाउन आरडी बर्मनको सहकार्य गर्न पुगेका थिए र उनले थुप्रै भारतीय फिल्ममा संगीत भरेका छन्, नेपाली मादल घन्काएका छन् ।

सन् १९८२ मा उनले आशा भोसलेको लागि नेपाली संगीतको व्यवस्था मिलाइदिएका थिए । यो कार्यक्रम पैसा कमाउने हिसाबले नभइ सम्मानका हिसाबले च्यारिटीको रुपमा गर्न लागेको गायक विवेकले जानकारी दिए ।

  •  
  •  
  •  
  •  Tweet
2018-02-12
peacepokhara

Related Articles

पाँचौ सिटी रेवान महोत्सब मंसिर २ देखि १२ सम्म

peacepokhara 23 Oct 2016

वडा प्रहरी कार्यालय बैदाममा नवनिर्मित भबनको उद्घाटन

peacepokhara 19 Oct 2015

ज्येष्ठ नागरिकका लागी शनिवार पोखरामा निःशुल्क शिविर

peacepokhara 11 Mar 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved