• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

  • शुक्ला गण्डकीको महायज्ञ सुरु, शिक्षालय बेरोजगार उत्पादन गर्ने थलो हुनुहुँदैन ः मुख्य मन्त्री   |   24 Apr 2018

  • बिहे गरेको ६ दिनपछि उमेर नपुगेको भन्दै रद्द   |   24 Apr 2018

  • २५ बुँदे नीति कार्यक्रम तय गर्दै सकियो नेल्टाको विधान अधिवेशन   |   24 Apr 2018

 

सात प्रदेशका पाँच सय ५० सदस्यको शपथ आइतबार,२३ माघअघि सबै प्रदेश सभाको अधिवेशन

20 Jan 2018

काठमाडौं ६ माघ । निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामको प्रतिवेदन बुझाएको छ । राष्ट्रपति विद्या भण्डारीबाट शुक्रबार प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएलगत्तै आयोगले प्रतिवेदन बुझाएको हो ।

निर्वाचन आयोगले ३ माघमा प्रदेश सभाको निर्वाचन परिणामको अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र प्रदेश सभा अधिवेशन बोलाइसक्नुपर्ने हुन्छ । संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । आयोगले शुक्रबार नै प्रदेश सभाका समानुपातिक सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ ।

आइतबार प्रदेश सदस्यको शपथ

प्रदेश सभा सदस्यलाई आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार प्रदेश प्रमुखसँग आयोग पदाधिकारीले गरेको अनौपचारिक छलफलमा आइतबार ११ बजेभित्र प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने सहमति भएको हो । ‘आइतबार बिहान प्रदेशको सम्बन्धित राजधानीमा प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने तय भएको छ,’ प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले भने । आयोगले सोही दिन दिउँसो राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गर्दै छ । राष्ट्रिय सभा निर्वाचनका मतदाता स्थानीय तहका प्रमुख र उपप्रमुखसहित प्रदेश सभा सदस्य पनि हुन् ।

२३ माघअघि सबै प्रदेश सभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री

संविधानको धारा १८३ अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछन् । निर्वाचन आयोगले ३ माघमा अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थका अनुसार आइतबार प्रदेश सभा सदस्यको शपथग्रहण मात्रै हुनेछ ।

अधिवेशन कहिले बोलाउने भन्नेबारे टुंगो नलागेको उनले जानकारी दिए । ‘प्रदेश सदस्यले शपथ लिएपछि राष्ट्रिय सभा सदस्य निर्वाचको कार्यतालिका प्रभावित हुँदैन, त्यसैले प्रदेशमा छलफल गरेर २३ माघअघि नै पहिलो अधिवेशन आह्वान गर्छौैँ,’ कायस्थले भने ।

संविधानको धारा १६८ अनुसार प्रदेश सभा सदस्य निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र मुख्यमन्त्री निर्वाचित हुनुपर्नेछ । ३ माघमा निर्वाचन परिणाम सार्वजनिक भएकाले बढीमा ३ फागुनभित्र मुख्यमन्त्री निर्वाचित भइसक्नुपर्नेछ । २४ माघमा राष्ट्रिय सभा निर्वाचन हुने कार्यतालिकाअनुसार निर्वाचन सम्पन्न भएलगत्तै मुख्यमन्त्री निर्वाचित हुनेछन् । यसरी हेर्दा प्रतिनिधिसभाबाट केन्द्रीय सरकार बन्नुभन्दा पहिला नै प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।

मुख्यमन्त्रीभन्दा पहिला सभामुख

संविधानका धारा १८२ अनुसार मुख्यमन्त्रीभन्दा पहिला प्रदेश सभामुख र प्रदेश उपसभामुख निर्वाचित गर्नुपर्ने हुन्छ । संविधानमा प्रदेश सभाको पहिलो बैठक भएको १५ दिनभित्र प्रदेश सभा सदस्यले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नुपर्नेछ । सभामुख र उपसभामुख फरक–फरक लिंगको हुनुपर्नेछ ।

मन्त्रिपरिषद् कहिले ?

३ फागुनभित्र मुख्यमन्त्री निर्वाचित भइसक्ने भएकाले फागुनको पहिलो साता प्रदेश मन्त्रिपरिषद् गठन हुने सम्भावना छ । प्रदेश सभा सदस्यको बढीमा २० प्रतिशत नकट्ने गरी मन्त्रिपरिषद् गठन गर्नुपर्नेछ ।

प्रदेशमा बढीमा सात मन्त्रालय

प्रदेशमा बढीमा सातवटा मन्त्रालय राख्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल चलेको छ । प्रदेश सभाको संख्याका आधारमा मन्त्रालयको संख्या तय हुने भएकाले कुन प्रदेशमा कतिवटा मन्त्रालय हुने भन्ने टुंगो लागिसकेको छैन । प्रदेश सभाले मन्त्रालयको संख्या थपघट गर्न सक्छ । आर्थिक भार बढी नपरोस् भन्न सकेसम्म कम मन्त्रालय राख्ने छलफल भएको, तर संख्या टुंगो नलागेको प्रधानमन्त्री कार्यालयका एक सचिवले जानकारी दिए । प्रदेशमा करिब सयजना कर्मचारी पठाउनेबारेमा छलफल भइरहेको नयाँपत्रिकाले छापेको छ ।

  •  
  •  
  •  
  •  Tweet
2018-01-20
peacepokhara

Related Articles

सामुहिक बलात्कारमा परेकी युवतिको पत्रमा कानुन मन्त्रीको जवाफ, तपाईंलाई न्याय दिलाउँछुु ‘बलात्कृत हुनु तपाईंको दोष होइन, पूजा’

peacepokhara 17 Dec 2014

अमेरिकाको भिसा त्यागेर नेपालमै गाईफार्मका मालिक, वाषिर्क कमाई पाँच करोड

peacepokhara 30 Aug 2015

राज्यलक्ष्मी गोल्छाको रकमले एमालेमा खैलाबैला

peacepokhara 01 Nov 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved