Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

बलिउडका चर्चित कलाकार ओम पुरीको निधन

59
om-puri

एजेन्सी २२ पुस । बलिउडका चर्चित कलाकार ओम पुरीको ६६ बर्षको उमेरमा आज निधन भएको छ । सन् १९५० अक्टोबर १८ मा भारतको अम्बालामा जन्मिएका पुरीको हृदयाघातका कारण आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीद्धारा अभिनित आक्रोश, आरोहन, अर्धसत्य,माचिस लगायतका अन्य थुप्रै चलचित्र निकै सफल मानिन्छन् । ३ सय भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेका पुरी बोल्ड आवाजका धनी थिए। बलिउडका थुप्रै डकुमेन्ट्री तथा चलचित्रमा उनको आवाजलाई समावेश गरिएको पाइन्छ ।

पुरी बलिउड चलचित्रमा मात्र नभई पाकिस्तानी तथा हलिउडका चलचित्र क्षेत्रमा पनि उत्तिकै सफल थिए । पुरीलाई भारत सरकारले पद्यश्री पुरस्कारले सम्मानित गरेको थियो भने चलचित्र आरोहण र अर्धसत्यमा सर्वश्रेष्ठ अभिनेता बन्न सफल भएका थिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook