• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

  • शुक्ला गण्डकीको महायज्ञ सुरु, शिक्षालय बेरोजगार उत्पादन गर्ने थलो हुनुहुँदैन ः मुख्य मन्त्री   |   24 Apr 2018

  • बिहे गरेको ६ दिनपछि उमेर नपुगेको भन्दै रद्द   |   24 Apr 2018

  • २५ बुँदे नीति कार्यक्रम तय गर्दै सकियो नेल्टाको विधान अधिवेशन   |   24 Apr 2018

 

नाटक जिउँदो आकाश पोखरामा मञ्चन हुने

07 Apr 2018

पोखरा २४ चैत्र
पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटद्धारा सञ्चालित गन्र्धव नाटकघरमा नाटक जिउँदो आकाश मञ्चन हुने भएको छ ।

डाँफे थिएटरको प्रस्तुतीको यस नाटकलाई पोखरा थिएटरको सहकार्यमा पोखरामा मञ्चन गर्न लागिएको हो । नाटक आगामी बैशाख १ गतेदेखि १५ गतेसम्म हरेक दिन दूई सो मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए । पन्ध्र दिने नाटक मञ्चनलाई व्यवस्थित बनाउदै नाट्यप्रेमीलाई नाटक हेर्न नाटकघरसम्म पु¥याउने उद्धेश्यले तयारी सुरु गरेको उनले जनाए ।

आरके मेहता रोसनको परिकल्पना र निर्देशनको यो नाटकलाई चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् । नाटकमा एकल कलाकारको रुपमा अनिल सुब्बाले अभिनय गर्नेछन् । एकल अभिनयमा दर्शकलाई आर्कषित गर्न उनले गरेको मेहनत नाटकमा हेर्न पाइनेछ । तेस्रोलिंगीको विषय समेटिएको यस नाटक हेरेर पोखरेली दर्शकले नाटकको नयाँ स्वाद चाख्न पाउनेछन् । झण्डै एक घण्टा लामो नाटकमा अनिलले तेस्रोलिंगीको बालापन देखि युवाअवस्थाको अभिनय मार्फत चित्रण गर्नेछन् ।हरेक दिन दिउँसो १ बजे र ५ बजे मञ्चन हुने नाटक हेर्न सर्वसाधरणका लागि तीन सय र पाँच सय तथा विद्यार्थीका लागि एक सयको टिकट काट्नुपर्ने हुन्छ ।

निरन्तर नाटक मञ्चन पोखरामा गर्ने योजनाका साथ यतिबेला पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने नाटक बितेका कुराको लागि रिर्हसल समेत सुरु गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए । पोखरा थिएटर सञ्चालनमा आएपछि पोखराको रंगमञ्च पुनः सक्रिय बनेकोले नाटकप्रतिको दर्शकको मोहलाई जोगाइराख्न थिएटर निरन्तर लागिरहने सञ्चालक मध्येका एक दिल प्रसाद गुरुङले बताए ।

  •  
  •  
  •  
  •  Tweet
2018-04-07
Krishna Dawadi

Related Articles

ईक्यान कास्कीका पदाधिकारीहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास तालिम

peacepokhara 25 Jul 2015

टप मोडल वल्डवाइड’ मा चौहान

peacepokhara 20 Feb 2018

शकुन ज्ञवालीको कविता सञ्चयन ‘तिमी र म’ लोकार्पित

peacepokhara 29 Oct 2016

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved