• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

  • शुक्ला गण्डकीको महायज्ञ सुरु, शिक्षालय बेरोजगार उत्पादन गर्ने थलो हुनुहुँदैन ः मुख्य मन्त्री   |   24 Apr 2018

  • बिहे गरेको ६ दिनपछि उमेर नपुगेको भन्दै रद्द   |   24 Apr 2018

  • २५ बुँदे नीति कार्यक्रम तय गर्दै सकियो नेल्टाको विधान अधिवेशन   |   24 Apr 2018

 

पोखरा राष्ट्रिय नाटक महोत्सव पोखरामा सुरु

22 Mar 2018

पोखरा ८ चैत्र । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा राष्ट्रिय नाटक महोत्सव बिहिबारबाट सुरु भएको छ । पोखरा गै्रहापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले संगीत नाट्य एकेडेमी बिकेन्द्रीकरण गर्नुपर्ने कुरामा जोड दिए ।

संघियता कार्यान्वयनसँगै हरेक प्रदेशमा एकेडेमी खोल्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, संस्थापक सदस्य तीर्थ श्रेष्ठ, नाट्य विभाग प्रमुख रमेशनन्दन झा, कार्यक्रम संयोजक पुष्कर गुरुङ, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की लगायतले नेपाली नाट्य क्षेत्र तथा पोखराका नाट्य गतिविधिको बारेमा भनाइ राखे ।

उद्घाटन लगत्तै सरुभत्त श्रेष्ठले लेखेको नाटक थाङ्गला मञ्चन गरियो । अनुप बरालको निर्देशन रहेको यो नाटकले पोखरेली दर्शकको साथ पायो । नेपाली रंगमञ्चमा स्थापित बनिसकेका कलाकारको बेजोड अभिनय दर्शकको लागि रुचिकर बन्यो । आफ्नै जन्मठाउँमा लामो समयपछि आफुले निर्देशन गरेको नाटक प्रर्दशन गर्न पाउँदा निर्देशक बराल उत्साहित बने । नाटक महोत्सवमा भोली शुक्रबार दिउँसो १ बजे र साँझ ५ बजे नाटक थाङ्ला मञ्चन हुनेछ । यसैगरी शनिबार र आइतबार राजन खतिवडाको निर्देशन रहेको नाटक एन्टिगोनी मञ्चन हुनेछ । चैत्र १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन गरिनेछ ।

महोत्सवमा देशभरका रंगकर्मीलाई भेटघाट गर्ने अवसरसँगै नाट्य क्षेत्रमा भएका गतिविधिको बारेमा जान्ने अवसर पाउनेछन् । नाटक महोत्सवको स्थानिय व्यवस्थापन पोखरा थिएटरले गरेको छ । विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रका बारेमा छलफल समेत हुने स्थानिय व्यवस्थापक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए ।

महोत्सवमा भर्जिन कथा, नारी शिक्षा, जयगान, सान्नानीको सन्ते राजा, एक चिहान, पानिघट्ट, चाँदिको घेरा, सखि लगायतका नाटक समेत मञ्चन हुनेछन् । चैत्र ९, १० र ११ गते हरेक दिन दिउँसो १ बजे र साँझ ५ बजे नाटक मञ्चन हुनेछ । चैत्र १२ र १३ गते तीन बजे समेत थप सो हुनेछ । महोत्सवमा मञ्चन गरिने नाटक हेर्न विद्यार्थीको लागि एक सय र सर्वसाधरणका लागि तीन सय र पाँच सयको टिकट लाग्नेछ । महोत्सवको समापन भएपश्चात महोत्सवको बारेमा समिक्षा समेत हुनेछ । पोखरेली नाट्यपारखीलाई नाटक महोत्सवमा आएर नाटकको मज्जा लिन आयोजकको आग्रह छ । महोत्सवको आयोजनाले पोखराको नाट्य क्षेत्र थप गतिशिल बन्ने अपेक्षा समेत गरिएको छ ।

  •  
  •  
  •  
  •  Tweet
2018-03-22
peacepokhara

Related Articles

विहिवार गण्डकी अञ्चलभर सार्वजनिक सवारी नचल्ने

विहिवार गण्डकी अञ्चलभर सार्वजनिक सवारी नचल्ने

peacepokhara 10 Jan 2018

फोटो खिच्दा सेती खोँचमा खसेका भिष्मराज बेपत्ता

peacepokhara 16 Sep 2015
चैत १४ गते पोखरा थियटरको शिलान्यास

चैत १४ गते पोखरा थियटरको शिलान्यास

peacepokhara 25 Mar 2017

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved