• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

  • शुक्ला गण्डकीको महायज्ञ सुरु, शिक्षालय बेरोजगार उत्पादन गर्ने थलो हुनुहुँदैन ः मुख्य मन्त्री   |   24 Apr 2018

  • बिहे गरेको ६ दिनपछि उमेर नपुगेको भन्दै रद्द   |   24 Apr 2018

  • २५ बुँदे नीति कार्यक्रम तय गर्दै सकियो नेल्टाको विधान अधिवेशन   |   24 Apr 2018

 

पोखरामा जारी राष्ट्रिय नाटक महोत्सवमा ‘एन्टिगोनी’ मञ्चन

24 Mar 2018

पोखरा १० चैत्र । पोखरामा आयोजित राष्ट्रिय नाटक महोत्सवमा शनिबार आमन्त्रित नाटक एन्टिगोनी मञ्चन भयो । प्राचिन ग्रीसेली नाटककार सोफोक्लिजद्धारा इशापूर्व ४४१ ताका थेविजका नाटकहरु अन्र्तगत लेखिएको यो नाटकले दर्शकको नयाँ टेस्ट प्रदान ग-यो । संसार प्रसिद्ध दुःखान्त नाटकहरु मध्येको एक अनुपम उदाहरण मानिने यो नाटकमा अभिनय गरेका कलाकारको जोश दर्शकको लागि रुचिकर बन्यो । नाटकलाई व्यवस्थित र रोचक बनाउन निर्देशक राजन खतिवडाले गरेको प्रयोगले नाट्यप्रेमीलाई १ घण्टा २० मिनेटको समय वितेको पत्तै भएन ।

नाटकमा सिर्जना सुब्बा, रञ्जना ओली, पुष्कर कार्की, विकाश जोशी, सोमनाथ खनाल, प्रदिपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपती राई, अनुप न्यौपाने, मिलन कार्की, विक्रम श्रेष्ठ, सुदिप खतिवडा, सागर दाहाल र सञ्जिव राईको अभिनय दमदार थियो । नाटकमा सबै पात्रको महत्व उतिकै हुन्छ भन्ने प्रमाण उनिहरुले अभिनय मार्फत देखाए । मण्डला थिएटर नेपालको प्रस्ुततीमा मञ्चन भएको नाटककाअनुवाद सोमनाथ खनाल र विक्रम परियारले गरेका हुन् । एन्टिगोनी नाटक आइतबार दिउँसो १ बजे र साँझ ५ बजे पुनः मञ्चन हुनेछ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा चैत्र ८ गतेबाट पोखरामा सुरु भएको राष्ट्रिय नाटक महोत्सवमा यस अघि आमीनत्रत नाटककै रुपमा नाटक थाङ्गला मञ्चन गरिएको थियो । चैत्र १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन गरिने कार्यक्रम संयोजक पुष्कर गुरुङले बताए ।

महोत्सवमा देशभरका रंगकर्मीलाई भेटघाट गर्ने अवसरसँगै नाट्य क्षेत्रमा भएका गतिविधिको बारेमा जान्ने अवसर पाउनेछन् । नाटक महोत्सवको स्थानिय व्यवस्थापन पोखरा थिएटरले गरेको छ । विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रका बारेमा छलफल समेत हुने स्थानिय व्यवस्थापक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए । नाटक हेर्ने दर्शकको भिड दि प्रतिदिन बढ्दै गएको काकीैले जनाए ।

महोत्सवमा चैत्र १२ गते दिउँसो १ बजे नेशनल आर्ट स्कुल पोखराको प्रस्ुततीमा सान्नानीको सन्ते राजा, दिउँसो ३ बजे युथ क्रियशन थिएटर पोखराको प्रस्तुतीमा भर्जिन कथा, साँझ ५ बजे राष्ट्रिय नाचघर काठमाण्डौको प्रस्ुततीमा एक चिहान, १३ गते दिउँसो १ बजे हिमाली साँस्कृतिक परिवार पोखराको प्रस्ुततीमा नारी शिक्षा, दिउँसो ३ बजे सद्भाव थिएटर काठमाण्डौको प्रस्ुततीमा चाँदिको घेरा, साँझ ५ बजे मञ्जरी नाट्य समुहको लमजुङको प्रस्ुततीमा पानिघट्ट र १४ गते दिउँसो १ बजे ओथेलो नाटक समुह पोखराको प्रस्तुतीमा जयगान, साँझ ५ बजे लोक सञ्चार जनकपुर तथा सिल्पी थिएटरको प्रस्ुततीमा सखि नाटक मञ्चन हुनेछ ।

महोत्सवमा मञ्चन गरिने नाटक हेर्न विद्यार्थीको लागि एक सय र सर्वसाधरणका लागि तीन सय र पाँच सयको टिकट लाग्नेछ । महोत्सवको समापन भएपश्चात महोत्सवको बारेमा समिक्षा समेत हुनेछ ।

  •  
  •  
  •  
  •  Tweet
2018-03-24
peacepokhara

Related Articles

जापानका लागि नक्कली भिषा : पोखराबाट दुई पक्राउ

peacepokhara 10 Nov 2015

अन्तर्राष्ट्रिय युवा सम्मेलनमा नेपाली युवाहरुको टोली ढाका जाने

peacepokhara 15 Nov 2016

म्याग्दीमा बस दुर्घटना, ३ को मृत्यु, ६० घाइते

peacepokhara 14 Nov 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved