Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

माउण्ट कैलाश रिसोर्ट यूरोप बिजनेश एसेम्ब्लीद्धारा सम्मानित

पर्यटन, पोखरा, बिजनेस 0 312

naresh-bhattrai-1गोकुल बानियाँ , पोखरा ६ पुस । पोखराको लेकसाइड स्थित माउण्ट कैलाश रिर्सोटले स्तरीय सेवा प्रदान गरे बापत पुन: अर्को अन्तराष्ट्रिय अवार्ड जितेको छ । दुई महिना अघि गुणस्तरीय सेवामा विश्व अवार्ड जितेको रिसोर्ट पुनः अर्को अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको हो ।

गत कार्तिक १ गते विजनेश एनिसिएटिभ डिरेक्सन्स (बिआईडी ) नामक अन्तराष्ट्रिय संस्थाबाट ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ प्राप्त गरेको रिसोर्टले मंगलवार राती बेलायतमा अर्को अवार्ड हात पारेको छ । बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्ली (ईबीए) ले रिसोर्टलाई ‘म्यानेजर अफ दि इयर’ को मेडल सहित ‘बेष्ट इन्टरप्राइज अवार्ड ’ प्रदान गरेको हो । मंगलवार राती बेलायतमा आयोजित विशेष कार्यक्रमका विच अवार्ड हस्तान्तरण गरिएको हो । रिसोर्टका अध्यक्ष नरेश बहादुर भट्टराईले मेडल र अवार्ड ग्रहण गरे ।

यूरोप बिजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, शैक्षिक र बैज्ञानिक रूपमा विकास गर्न सहयोग पु¥याउने संस्थालाई अवार्ड प्रदान गर्दै आएको छ । एसेम्ब्लीको नोमिनेशन काउन्सिलले एशिया प्रशान्त क्षेत्रकै उत्कृष्ट गुणस्तर कायम गरी सेवा प्रदान गरेको ठहर सहित रिसोर्टलाई मेडल र अवार्ड दिने निर्णय गरेको थियो ।

अवार्ड ग्रहणपछि भट्टराईले माउण्ट कैलाश रिसोर्टले दिएको सेवा उत्कृष्ट भएकै कारण अन्तराष्ट्रिय स्तरमा सम्मानित हुन पाएकोमा खुसी ब्यक्त गरे । पोखरामा सञ्चालित होटल तथा रेष्टुरेन्टले दिने सेवा सुविधाका बारेमा अन्तराष्ट्रिय समुदायले समेत मुल्याङ्कन गरिरहेकाले गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने उनले बताए ।naresh-bhattrai-2

स्थापनाको ७ बर्ष पुरा गरेको माउण्ट कैलाश रिसोर्टले यसअघि पनि विभिन्न अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ । रिसोर्टका अपरेशन म्यानेजर टेक बहादुर गुरुङले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा राम्रो प्रभाव बनिसकेकाले आगामी दिनमा अझ सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

naresh-bhattrai-4यसैविच भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले यो बर्ष एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैङ्कको अवार्ड प्राप्त गरेको छ । बैंकका अध्यक्ष सुशिलराज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले अवार्ड ग्रहण गरेका हुन् । गत बर्ष प्राइम कमर्शियल बैंकले यो अवार्ड हात पारेको थियो । naresh-bhattrai-5

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook