• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • आहा रारा गोल्डकपमा दुई विदेशी सहित १० टिमले प्रतिष्पर्धा गर्ने   |   19 Feb 2019

  • पर्यटन व्यवसायी पौडेल पर्यटन वोर्डको सदस्यमा नियुक्त   |   19 Feb 2019

  • माछापुच्छ्रेमा एकीकृत घुम्ती शिविर, ११२ नागरिकता वितरण   |   19 Feb 2019

  • सेनाका हरि रिमाललाई पोखरा म्याराथनको उपाधि   |   19 Feb 2019

  • पोखरा म्याराथन समृद्धिका लागि महत्वपूर्ण : उपप्रमुख गुरुङ   |   17 Feb 2019

  • स्थानीय तहलाई खर्च गर्ने क्षमता बढाउन मुख्यमन्त्रीको आग्रह   |   17 Feb 2019

 

माछापुच्छ्रे गाउँपालिकाको ४५ करोडको बजेट तथा कार्यक्रम, रोजगारी सृजना गर्न उद्यम कोष स्थापना

22 Jun 2018

कृष्ण दवाडी
पोखरा, ८ असार ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेट तथा नीति कार्यक्रमको तयारी थालेको छ ।
असार १० गते स्थानीय तहले बजेट तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था वमोजिम गाउँपालिकाले बजेट वनाउन थालेको हो ।
आगामी आर्थिक वर्षको लागि ४५ करोड ७ लाख ७७ हजार रुपैयाँ वरावरको बजेट ल्याउने तयारी गाउँपालिकाको छ ।
संघीय सरकारको सर्शत अनुदान १७ करोड ४८ लाख, राजश्व वाँडफाँड ७ करोड ११ लाख ७२ हजार, वित्तिय समानीकरण ८ करोड ५ लाख र आन्तरिक आय ७१ लाख १९ हजार बजेटका स्रोत हुन् ।
त्यस्तै सामाजिक सुरक्षा ७ करोड ५० लाख, प्रदेश सरकारको वित्तिय समानीकरण अनुदान १ करोड ११ लाख ४ हजार तथा राजश्व वाँडफाँड २५ लाख ७५ हजार ४ सय ३५ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद कोईरालाले जानकारी दिए ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले खर्च गर्न नसकेको २ करोड ८५ लाख पनि बजेटमा थप गर्ने योजना छ ।
गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा रोजगारी सृजना गर्ने र बरोजगारी हटाउनको लागि उद्यम विकासको लागि घुम्ती कोष स्थापना गर्ने भएको छ ।
कोषको रकमवाट व्यवसाय गर्न चाहने युवा तथा महिलाहरुलाई निर्वाजी रुपमा ५ वर्षको लागि निश्चित रकम ऋण उपलव्ध गराउने योजना छ । भदौमा यसको कार्यविधि वनाएर कोषको परिचालन गरिने  प्रशासकिय अधिकृत कोईराला वताउँछन् । कोषलाई सहकारी मोडलमा पनि संचालन गर्न सकिने उनको भनाई छ ।
असार १० गते विहान ११ बजे वस्ने गाउँसभामा वार्षिक बजेट तथा नीति कार्यक्रमहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिईन् ।

बजेट तथा कार्यक्रमवारे विज्ञसँग छलफल

शुक्रवार बजेट तथा नीति कार्यक्रमको वारेमा गाउँपालिका रहेका विज्ञहरु तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल तथा सुझाव लिएको छ ।
छलफलमा सहभागिहरुले गाउँ सरकारले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा १ वर्षिय, पञ्चवर्षिय तथा १० वर्षिय रणनीतिक विकास योजना ल्याउन सुझाव दिए ।
गाउँपालिका पर्यटनको हिसावले आकर्षक गन्तव्य भएको र पर्यटन प्रवद्र्धन गर्नें खालका कार्यक्रमहरु बजेट तथा नीति कार्यक्रममा समेट्न् सुझाव दिए । त्यस्तै पालिकाको केन्द्रवाट वडाहरुमा जोड्ने सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सुझाए ।
प्राध्यापक महेश्वर पोखरेलले प्रत्येक वडामा फरक फरक विषयका उच्च प्राविधिक शिक्षालय खोल्नुपर्ने, शिक्षाको गुणस्तर अभिवृद्धि गर्न मासिक शिक्षक ट्रेनिङका कार्यक्रहरु संचालन गर्नुपर्ने, कृषिलाई व्यवसायिक गर्नुपर्ने, हाललाई ३० वटा गाई र १० रोपनी जग्गामा व्यवसायिक खेती गर्ने किसानलाई वार्षिक अनुदान उपलव्ध गराउन नीति कार्यक्रममा समेटिनु पर्ने सुझाव दिए ।
पर्यटन व्यवसायी वसन्तराज दवाडीले पदयात्रा, जलयात्रा, साहसिक पर्यटकिय खेलहरु प्याराग्लाईडिङ, क्यानोनिङ, हनी हन्टिङ लगायतका खेलहरु प्रवद्र्धन गर्ने नीति ल्याउनु पर्ने वताए ।
टानका अध्यक्ष दीपक अधिकारीले नँया नयाँ पदयात्रामार्गको खोजी गर्नुपर्ने र घरवास कार्यक्रमलाई प्रवद्र्धन गर्ने कार्यक्रम र नीति वनाउन सुझाव दिए ।

आगामी बजेट तथा कार्यक्रममा विज्ञहरुले दिएका सुझावहरु अगाडी वढ्नको लागि मार्गदर्शन हुने भएकोले छलफल कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष कर्णवहादुर गुरुङले वताए ।‘विषयवस्तुमा गहिरो ज्ञान भएका व्यक्तिहरुको सुझाव हाम्रो लागि मार्गदर्शन हुन्छ । उहाँहरुले व्यक्त गरेका सुझावहरु प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेट्न प्रयास गर्दछौँ।’ गुरुङले भने ।
व्यवसायी नन्दलाल अधिकारी, नेपाली काँग्रेसका नेता खुशीमान गुरुङ, टेकनशोभा गुरुङ, नेकपाका टेकनाथ गौतम, गैरसरकारी महासंघका गोपाल गिरी, लगायतले आआफ्नो सुझाव दिएका थिए ।

  •  
  •  
  •  
  •  Tweet
  •  
2018-06-22
Krishna Dawadi

Related Articles

इजरायल जान हिब्रु भाषा जान्न नपर्ने

peacepokhara 10 Aug 2015
पोखरामा म्यादी प्रहरीहरुलाई तालिम दिन सुरु

पोखरामा म्यादी प्रहरीहरुलाई तालिम दिन सुरु

Krishna Dawadi 29 Oct 2017
जनयुद्ध दिवसमा पोखरामा वाईसियल र अनेरास्ववियूद्धारा दिप प्रज्वलन

जनयुद्ध दिवसमा पोखरामा वाईसियल र अनेरास्ववियूद्धारा दिप प्रज्वलन

Krishna Dawadi 13 Feb 2019

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved