• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेल्टाको आयोजनामा पोखरामा दुई हप्ते कृत्रिम गर्भाधान तालिम हुँदै   |   23 Feb 2019

  • पोखराबाट सुनौली जाँदै गरेको बस र मोटरसाईकल ठोकिदा दुई जनाको मृत्यु   |   23 Feb 2019

  • विधान संशोधन ऐतिहासिक :पत्रकार महासंघ   |   23 Feb 2019

  • मनाङलाई पराजित गर्दै एपिएफ आहा राराको सेमिफाईनलमा   |   23 Feb 2019

  • अमेरिकामा नेपाली भाषी भुटानी बेपत्ता,गाडी भेटियो मान्छे भेटिएन   |   23 Feb 2019

  • तीन दिवसीय कार्यक्रम सहित माछापुच्छ्रे माविको स्वर्ण महोत्सव शुभारम्भ   |   23 Feb 2019

 

एमाले-माओवादीको माछापुच्छ्रे गाउँपालिका स्तरिय संयोजन समिति

08 Nov 2017

पोखरा २२ कार्तिक । वाम गठवन्धनले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पार्टी एकता संयोजन समिति गठन गरेका छन् ।

वुधवार दुवै पार्टीको गाउँपालिकास्तरिय भेलाले नेकपा एमालेका जगन्नाथ वास्तोला संयोजक र माओवादी केन्द्रका टेकनाथ गौतम सहसंयोजक रहेको संयोजन समिति गठन भएको हो । समितिमा विष्णु केसी, कर्णवहादुर गुरुङ,वैकुण्ठ भण्डारी र शिवप्रसाद पोखरेल सदस्य छन् ।

त्यस्तै भेलाले दुवै पार्टीका गाँउपालिकाका वडाहरुमा रहेका कमिटिका सदस्यहरु तथा त्यस क्षेत्रमा कार्यरत जिल्ला सदस्यहरु सहभागि रहेको निर्वाचन परिचालन कमिटि समेत गठन गरेको छ । जसको संयोजकमा जगन्नाथ वास्तोला र सहसंयोजक टेकनाथ गौतम छन् ।
भेलाले गठवन्धनका उम्मेदवारहरु प्रतिनिधिसभा तर्फ जगत विश्वकर्मा र प्रदेश सभातर्फ प्रदेश सभा १ का उम्मेदवार रामजी वराल(जिवन)लाई विजयी गराउन गाउँपालिकाको सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गर्ने निर्णय समेत गरेको छ । त्यस्तै चुनाव प्रचार प्रसार समितिमा विष्णुवहादुर केसी संयोजक र रामचन्द्र अधिकारी सहसंयोजक छन् । युवा परिचालन उपसमितिमा रुमवहादुर गुरुङ संयोजक र केदार अधिकारी सहसंयोजक छन् ।

भेलाको प्रमुख अतिथि एमाले क्षेत्र नं ३ का संयोजक विष्णुवहादुर केसीले देशमा विकास र समृद्धिको लागि दुवै पार्टीहरु मिलेर चुनावमा सहभागि भएको निर्वाचन पछि एउटै पार्टी भन्ने भनाई राखे । देशको विकास र राजनीतिक स्थिरताको लागि वाम गठवन्धनलाई जिताउनु पर्ने भनाई केसीको छ । एमाले नेता दलवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले क्षेत्र नं ३ का निर्वाचन परिचालन कमिटिका सहसंयोजक दिपक पौडेल, माओवादी केन्द्रका गाउँपालिकाका अध्यक्ष नवराज भण्डारी माओवादी नेत्री प्रविना अधिकारी लगायतले वाम गठवन्धनको आवश्यकता र चुनावी अभियानको वारेमा भनाई राखेका थिए ।

  •  
  •  
  •  
  •  Tweet
  •  
2017-11-08
Krishna Dawadi

Related Articles

पोखरामा भुकम्पको ठुलो धक्का महशुस, थप जानकारी आउन बाकी

peacepokhara 31 Jan 2015

हत्या आरोपी तीन अझै फरार, जीवन परियारले दिए पत्रकारलाई चुनौति

peacepokhara 18 Aug 2015

अपडेट : धादिङको मार्पाकमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १९ पुग्यो

peacepokhara 27 Sep 2016

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved