Breaking News:

पोखरा १७ मा पनि एमाले प्यानलनै विजयी
पोखरा १९ मा एमालेका शोभामोहन पौडेल सहितको प्यानल विजयी
पोखरालाई नमुना सहर बनाउछु ,सबैको साथ चाहिन्छ : श्रेष्ठ
अग्रज पर्यटन व्यबसायी सुन्दरकुमार श्रेष्ठ उपत्यका नगर बिकास समितिको अध्यक्षमा नियुक्त
सीम गुरुङ पोखरा २० को अध्यक्ष निर्वाचित,सरकारी तलब वडाकै विकासमा खर्चिने
पोखरा महानगरमा स्थगित मतगणना ४६ घण्टापछि सुरु
पोखराको स्थगित मतगणना सुरु गर्न सर्वदलिय बैंठक जारी
पुन: निर्वाचन गराउन माग गर्दै असन्तुष्ट दलको ज्ञापनपत्र, ‘कानुन विपरितको निर्वाचन’ वदर गर्न माग
प्रतिनिधिहरु नआएपनि हुन्छ : मुख्य निर्वाचन अधिकृत (बिज्ञप्ती सहित )
असन्तुष्ट दलका प्रतिनिधि विना पनि मतगणना सुरु गर्ने तयारी (आयोगको पत्र सहित)

दोहोरी गीत प्रतिष्ठान नेपालको १४ औं केन्द्रिय साधारणसभा पोखरामा सुरु

38
Lok Dohori (1)

गोकुल बानियाँ
पोखरा ३० भदौ । नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको १४ औं केन्द्रिय साधारणसभा सोमवारदेखि पोखरामा सुरु भएको छ । मंगलवारसम्म चल्ने साधारणसभाको सस्कृतिबिद् तुलसी दिबसले उद्घाटन गरेका हुन् । सो अबसरमा बोल्दै दिबसले कलाकारले दोहोरी गाएर परिवार पाल्न सक्ने अबस्था सिर्जना गर्न सरोकारवालाहरुलाई आग्रह गरे ।

Lok Dohori (2)

लोकदोहोरी गीतको संरक्षण र संबद्र्धनको लागि नयाँ कलाकारलाई प्रत्साहान दिदै जानुपर्नेमा उनले जोड दिए । पुरानाले नयाँ कलाकारलाई अबसर प्रदान गर्नु पर्ने उनले बताए । नेपाली लोक संस्कृतिलाई नेपाल सहित बिश्वभर फैलाउन उनले आग्रह गरे । संबिधान सभा सदस्य शारदा पौडेलले प्रतिष्ठानको लागि जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाईन् । उनले प्रतिष्ठानको सहयोगार्थ १० हजार रुपैया नगद सहयोग प्रदान गरिन् ।

Lok Dohori (3)

सो अबसरमा लोक तथा दोहोरी गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै दोहोरी गायीका द्धय उमा गुरुङ र माया गुरुङ तथा लोकदोहोरी पत्रकारिता पुरस्कारबाट ईमेज च्यानलकी कार्यक्रम सञ्चालिका अनुसा पौडेललाई सम्मान गरिएको छ । गुरुङद्धयलाई १५ हजार तथा पौडेललाई ५ हजार नगद दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । त्यस्तै प्रतिष्ठानका गण्डकी अञ्चल सचिब सुरेन्द्र गुरुङ पनि सम्मानित भएका छन् ।

Lok Dohori (4)

प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहाल, रुपन्देही अध्यक्ष प्रचण्ड जिसी, उपत्यका समन्वय समितिका संयोजक शिब हमाल, मानार्थ सदस्य रमेशबाबु श्रेष्ठ , पोखरा उद्योग बाणिज्य संघका उपमहासचिब प्रकाशदेब पालिखे, तुलसी पराजुली, कार्यक्रमका संयोजक चोलेन्द्र पौडेल लगायतले बोलेका थिए । साधारणसभा अन्तर्गत मंगलवार लोकदोहरी गीतको बारेमा अन्तरक्रिया हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको ५८ जिल्ला शाखा रहेका छन् ।

Lok Dohori (5)

तस्विर – राकेश गुरुङ

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook