Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

लेखनाथ महोत्सबलाई क्षेत्रीय स्तरको बनाउने प्रयास, स्टल बुकिङ खुल्ला

83
lekhnath-mahotsav

पोखरा १८ पुस । १२ औं संस्करण पुरा गरेको लेखनाथ महोत्सब यो बर्षदेखि पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक ब्यापार मेलाको रुपमा हुने भएको छ । आयोजक लेखनाथ उद्योग बाणिज्य संघले सोमवार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार माघ २७ गते देखी फागुन ८ गतेसम्म हुने महोत्सब यो बर्ष पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव २०७३ का रुपमा सञ्चालन हुन लागेको हो ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने नाराका साथ समग्र लेखनाथको विकास र आर्थिक संबृद्धिका लागि गरिदै आएको महोत्सबलाई क्षेत्रीय स्तरको मेलाका रुपमा विकास गर्न खोजिएको हो । पोखरा प्रदेश नम्बर चारको प्रादेशिक राजधानी हुने भएकाले पनि यो प्रदेशका सबै क्षेत्रलाई समेट्ने गरी महोत्सबलाई बृहत बनाउन खोजिएको मुल आयोजक समितिका संयोजक एबं लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले जानकारी दिए ।

यसअघि लेखनाथ १ भण्डारढिक स्थित खेल मैदानमा हुदै आएको महोत्सव यो बर्ष भने तालचोकमा हुने भएको छ । भण्डारढिक खेल मैदान रंगशालाको रुपमा विकास भएपछि महोत्सब स्थल परिवर्तन गरिएको हो । महोत्सब सम्पन्न गर्न ५१ सदस्सीय कार्यसम्पादन समिति, ७ सदस्सीय निर्देशक समिति, नगर स्तरिय राजनैतिक पाटीहरुलाई समावेश गरि सल्लाहकार समिति, आवश्यकता अनुसार उपसमिति गठन गरिएको छ । महोत्सबको तयारी तिब्र पारिएको प्रचार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए ।

महोत्सवमा दर्शकको मनोरञ्जनका लागि राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको दैनिक प्रस्तुतीका साथै गायन विधाको गण्डकी तारालाई पनि निरन्तरता दिइने उनले बताए । विद्यालयका छात्र–छात्राहरुको नृत्य र गायन कला प्रस्फुटन गर्ने उद्देश्यले यस वर्षपनि चाइल्ड ट्यालेन्ट सो सँगै खुल्ला कविता प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

महोत्सवका अन्य आकर्षणमा बाल उद्यान, खाना महोत्सव, म्युजिक कन्सर्ट, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको दैनिक आगमन, रितिरिवाज झल्कने सास्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा व्यापारका विभिन्न विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहेका छन् ।

स्टल बुकिङ खुल्ला

महोत्सबका लागि सोमवारबाटै स्टल बुकिङ सुरु भएको आयोजकले जनाएको छ । सुरुको ७ दिन स्थानिय तहका उद्योगि व्यवसायीहरुलाई स्टल वुकिङ खुल्ला गरिउको र त्यसपछि मात्रै अन्यका लागि स्टल वुकिङ खुलाउने संघले जनाएको छ । महोत्सबमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, रेष्टुरेण्ट लगायतका करिब तिन सय स्टल रहने बताइएको छ ।

३ लाख दर्शक भित्रने अपेक्षा

यो बर्षको महोत्सबमा झण्डै ३ लाख दर्शक भित्रने अनुमान गरिएको छ । महोत्सबका लागि प्रवेश टिकट मूल्य अभिवृद्धि कर सहित ६० रुपैया कायम गरिएको छ भने वृद्धा बृद्धा, अपाङ्ग र एकल महिलाको सम्मानका लागि नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा प्रवेश निशुल्क गर्ने व्यवस्था मिलाइएको छ ।

अवलोकन गर्ने र १५ देखी २० करोड बरावरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिव ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि ८० लाख खर्च भई १० लाख वचत हुने अनुमान छ । मेलाको मुख्य प्रयोजन आवुखैरेनी सिमेन्टले गरेको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook