Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

अन्तर्राष्ट्रिय विमानस्थलले लगानीकर्ता उत्साहित, अमरसिंहचोकमा तारे होटल बन्दै

623
lekali chulo ghar pokhara

गोकुल बानियाँ , पोखरा १९ पुस । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा पुगेपछि त्यस आसपास पर्यटकिय पूर्वाधार निर्माणको क्रम सुरु भएको छ । यसअघि पोखराको लेकसाइडलाई मात्रै केन्द्र बनाएर होटल रेष्टुरेन्ट थपिदै आएकोमा अब नयाँ विमानस्थललाई लक्षित गरी स्तरीय होटलमा लगानी हुन थालेको छ ।

हाल निर्माणको चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थल आसपास चाउथेमा रोयल पाम र फुलवारीमा पाँच तारे फुलवारी रिसोर्ट सञ्चालनमा रहेकोमा अब अमरसिंहचोकमा पनि अन्तर्राष्ट्रिय स्तरको सेवा सहित होटल सञ्चालनमा ल्याउने तयारी भैरहेको छ ।

लेकसाइडमा बर्षेनी १५ देखि २० वटा होटल थपिदै गएपनि पोखराका अन्य क्षेत्रमा पर्यटकिय स्तरका होटल खुल्न सकेका थिएनन् । नयाँ विमानस्थलले लगानीकर्तामा उर्जा थपिएपछि त्यस आसपासका क्षेत्रमा स्तरीय होटलमा लगानी गर्न सुरु भएको हो ।

लगानीकर्ता मिन बहादुर गुरुङले होटल टास्क इन्टरनेशनलको नाममा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सहित तीन तारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । होटल पोखरा १० अमरसिंहचोक नजिकै निर्माणको चरणमा छ । आगामी बडादशै सम्ममा सञ्चालन गर्ने लक्ष्य राखिएको होटलमा तत्कालका लागि पर्यटकिय स्तरको सेवा सुविधा उपलब्ध गराउने र निकट भविश्यमै तीन तारे होटलको रुपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

निर्माणधिन होटल सञ्चालनमा आएपछि ३० वटा कोठा हुन्छन् । जसमध्ये १२ वटा डिलक्स, १६ वटा स्वीट र २ वटा सुपर स्वीट रुम हुने सञ्चालक गुरुङले बताए । होटलको टपमा भ्यू टावर सहित रुफ टप रेष्टुरेन्ट हुनेछ । जहांबाट पोखरा भ्याली र आसपासका मनोरम दृष्य देख्न सकिन्छ । साथै राउण्ड टेवल सहितको ३५ जना क्षमताको दुई कन्फ्रेन्स हल र ५० सीट क्षमताको सेमिनार हल हुने छ । त्यसैगरी लामो समय बस्ने पाँहुनाका लागि २ वटा अपार्टमेन्ट रहनेछ । होटलमा अण्डर ग्राउण्ड पार्किङ र लिफ्टको सुविधा पनि छ ।

होटल सञ्चालनमा ल्याउन लागिएको क्षेत्र हाल पूर्ण रुपमा आवास क्षेत्रको रुपमा चिनिन्छ । यो क्षेत्रमा अहिलेसम्म कुनैपनि स्तरीय होटल थिएनन् । ‘ पोखराका हरेक क्षेत्र पर्यटकिय क्षेत्र हुन् त्यसैले लेकसाइडमा मात्रै केन्द्रित सेवासुविधा हामीले अन्य क्षेत्रबाट दिने कोषिस गरेका छौ । ’ सञ्चालक गुरुङले भने । अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर सो क्षेत्रमा होटल सञ्चालन गर्न लागेको उनले बताए । ‘ यो होटलको भविश्य अन्तर्राष्ट्रिय विमानस्थलसँग पनि जोडिएको छ, ’ उनले भने ‘ राजमार्गसँगै जोडिएकाले यो होटल सञ्चालनमा आएपछि ट्याक्सी चढेर होटल खोज्दै लेकसाइड सम्म पुग्न पनि पर्दैन । ’

सञ्चालक गौरी गुरुङले लेकसाइड बाहेक पोखराका अन्य क्षेत्रमा पनि पर्यटकिय स्तरका होटल रेष्टुरेन्ट खोल्नुपर्ने बताइन् । होटल टास्क इन्टरनेशनलले स्वदेशी र विदेशी दुबै पर्यटकलाई लक्षित गरी स्तरीय सेवा प्रदान गर्ने उनले बताइन् । उनका अनुसार हाल झण्डै पाँच करोड लागतमा लेकाली चुलो र टास्क ट्राभल्स एण्ड टुर्स सञ्चालनमा आएको छ भने होटल सञ्चालनमा ल्याउदा झण्डै २५ करोड लागत पुग्नेछ ।

लेकाली चुलो र टास्क ट्राभल्स एण्ड टुर्समा हाल ३० जनाले प्रत्यक्ष रोजगारी पाएको र होटल पूर्ण रुपमा सञ्चालनमा आएपछि ६५ जनालाई रोजगारी दिन सकिने सञ्चालकले बताए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook