• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • आहा रारा गोल्डकपमा दुई विदेशी सहित १० टिमले प्रतिष्पर्धा गर्ने   |   19 Feb 2019

  • पर्यटन व्यवसायी पौडेल पर्यटन वोर्डको सदस्यमा नियुक्त   |   19 Feb 2019

  • माछापुच्छ्रेमा एकीकृत घुम्ती शिविर, ११२ नागरिकता वितरण   |   19 Feb 2019

  • सेनाका हरि रिमाललाई पोखरा म्याराथनको उपाधि   |   19 Feb 2019

  • पोखरा म्याराथन समृद्धिका लागि महत्वपूर्ण : उपप्रमुख गुरुङ   |   17 Feb 2019

  • स्थानीय तहलाई खर्च गर्ने क्षमता बढाउन मुख्यमन्त्रीको आग्रह   |   17 Feb 2019

 

फर्निचर तथा फर्निसिङको समर्थन दामु अधिकारीको समावेशी व्यवसायी समूहलाई

12 Sep 2018

पोखरा, २७ भदौ
फर्निचर तथा फर्निसिङ ब्यबसायी समिति कास्कीले पोखरा उद्योग वाणिज्य संघमा दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहलाई सघाउने निर्णय गरेको छ ।

समितिको बुधबार पोखरामा बसेको कार्यसमिति बैठकले अध्यक्षका उम्मेद्वार अधिकारीसहित सो समूहको प्यानललाई नै मत दिएर बिजयी गराउने सर्वसम्मत निर्णय गरेको हो ।

फर्निचर तथा फर्निसिङ ब्यबसायी समिति कास्कीमा ३ सय १० जना सदस्य रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघमा १८० भन्दा बढी ब्यबसायी दर्ता छन् । समितिका आबद्ध सबै साधारण सदस्यले एकमतले अधिकारी प्यानललाई मत हाल्ने निर्णय गरेको समितिका अध्यक्ष हिरामणी पण्डितले जानकारी दिए । उनले भने,‘समितिको निर्णय सर्वसम्मत हो, यसमा सबैको ऐक्यबद्धता हुन्छ ।’ समितिले निर्वाचन समितिको सम्पूर्ण अधिकार ज्ञानबहादुर नेपालीलाई दिएको छ । नेपाली अधिकारी प्यानलबाटै संघको वस्तुगततर्फका उम्मेद्वार हुन् ।

यसैबीच, हरेक व्यवसायीको घर÷घर र पसल÷पसलमा पुग्ने लक्ष्य लिएको समावेशी व्यवसायी समूहले बुधबार चाउथे र मालेपाटन क्षेत्रमा घरदैलो गरेको छ । घरदैलोका क्रममा समावेशी व्यवसायी समूहले व्यवसायीमैत्री कर, पार्किङ, घरभाडालगायतका सरोकारका विषय चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएको छ । सो समूहबाट संघको अध्यक्षमा उम्मेद्वारी दिएका दामु अधिकारीले भने,‘हामी उद्योगी व्यवसायीको सेवक भएर काम गर्नेछौं, विश्वास गर्नुस् तपाईंहरुले भोट दिएर जिताएमा जिन्दगीभरी सेवा गर्नेछौं ।’ उनले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सघाउन पनि आफू नेतृत्वको प्यानललाई जिताउन आग्रह गरेको महासचिवका उम्मेद्वार किसान सुनारले जानकारी दिए ।

  •  
  •  
  •  
  •  Tweet
  •  
2018-09-12
Krishna Dawadi

Related Articles

थ्रि स्टारलाई पराजित गर्दै एपिएफ सेमीफाईनलमा

थ्रि स्टारलाई पराजित गर्दै एपिएफ सेमीफाईनलमा

Krishna Dawadi 03 Feb 2019

यसरी मारिए कुमार श्रेष्ठ ‘घैंटे (फोटो फिचर)

peacepokhara 20 Aug 2015
जिपी कोइराला अध्ययन केन्द्र कास्कीमा शिवनाथ

जिपी कोइराला अध्ययन केन्द्र कास्कीमा शिवनाथ

Krishna Dawadi 28 Aug 2018

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved