एजेन्सी ३१ असार । फ्रान्स दोस्रो पटक विश्व विजेता बनेको छ । दोस्रो पटक विश्वकप फुटबलको उपाधि चुम्ने क्रममा फ्रान्सले आइतवार क्रोएसियालाई हरायो । आइतबार राति भएको खेलमा क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गर्दै फ्रान्स २० वर्षपछि पुन :उपाधि चुम्न सफल भएको हो ।
मारिया माड्जुकीले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएको लियो । क्रोएसियाबाट इभान पेरिसिकले २८ औं बराबरी गोल फर्काएका थिए ।
तर डिबक्समा उनैले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्सले फेरि अग्रता लियो । फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे ।
दोस्रो हाफमा फ्रान्सले थप दुई गोल ग-यो । ५९ मिनेटमा पाउल पोग्बाले फ्रान्सलाई ३–१ को स्थितीमा पु-याए । ६५ औं मिनेटमा कालियन एमबाप्पेले गोल थप्दा फ्रान्स ४–१ ले अघि थियो । रोमान्चक खेलको ६९ औं मिनेटमा मारियो माड्जुकीले गोल फर्काउँदै क्रोएशियालाई ४–२ को स्थितीमा ल्याए ।
तर, फ्रान्समाथि लगातार दबाव बनाएको क्रोएसियाले २८ औं मिनेटमै बराबरी गोल फर्कायो । उसका लागि इभान पेरिसिकले बराबरी गोल गरे ।
क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले पेनाल्टीको निर्णय गरेका थिए ।
दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो ।
फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे । क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे । पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।
इङल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट
विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता इङल्यान्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिता अवधिभर ६ गोल गरे । केनले समुह चरणको सुरुवाती खेलमा ट्युनिसिया विरुद्ध इङल्यान्डले २–१ को जित निकाल्दा निर्णायक दुई गोल गरेका थिए ।
क्रोएशियाका लुका मोड्रिच सर्वोत्कृष्ट खेलाडी
क्रोएशियाका कप्तान लुका मोड्रिच विश्वकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बल अवार्ड जिते । कोएशियालाई विश्वकपको फाइनलसम्म ल्याउने क्रममा उनको प्रदर्शन महत्वपूर्ण मानिएको थियो ।