• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • प्रदेश सरकार गठनपछि पहिलो पटक सुरक्षा समिति वैठक   |   25 Apr 2018

  • नयाँबर्षमा सुजकीले ल्यायो ह्याप्पी न्यू कार अफर   |   25 Apr 2018

  • मन्त्री जगत विकले लिए आमा गुमाएका र बावु अपांग रहेका बालकको अभिभावकत्व   |   25 Apr 2018

  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

 

आज निर्वाचन विरोधी गतिविधि गर्नेलाई सीधै गोली ठोकिने

07 Dec 2017

पोखरा २१ मंसिर । विहिवार ४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक परे सिधै गोली हान्ने सम्मको अधिकार दिइएको छ ।

निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको र आवश्यक परे गोली हान्ने सम्मको अधिकार दिइएको हो । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ ।

चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई भित्री घेरामा राखिएको छ । सबैभन्दा बाहिरको घेरामा नेपाली सेना र बीचको घेरामा सशस्त्र प्रहरीलाई खटाइएको छ ।

मतदान स्थल र त्यस वरपर सादा पोशाकका सुरक्षाकर्मी र तालिमप्राप्त कुकुर पनि परिचालित छन् । सादा पोशाकका सुरक्षाकर्मीले सूचना संकलन गरी सम्वन्धित निकायमा रिपोर्टिङ गर्नेछन् ।

सुरक्षा संवेदनशीलताको आधारमा सेनाले हवाई र पैदल गस्ती समेत गरेको छ । निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने अधिकार सुरक्षाकर्मीले पाएका छन् ।

निर्वाचन सुरक्षाका लागि ४५ जिल्लाभर करिब २ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । चुनावमा कुनै घटना भइहालेमा कममा पााच मिनेटदेखि बढीमा ३० मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी प्रवन्ध मिलाइएको छ ।

  •  
  •  
  •  
  •  Tweet
2017-12-07
peacepokhara

Related Articles

घरदैलोको क्रममा धितालमा जीवनले भने : “ ग्रामिण सडकलाई स्तरोन्न्ती र डिपिआर भएकालाई चाडैै कालोपत्रेको पहल गर्छु ”

घरदैलोको क्रममा धितालमा जीवनले भने : “ ग्रामिण सडकलाई स्तरोन्न्ती र डिपिआर भएकालाई चाडैै कालोपत्रेको पहल गर्छु ”

Krishna Dawadi 13 Nov 2017

सातौं राष्ट्रिय खेलका लागि लन टेनिसको खेल मैदान निर्माण

peacepokhara 14 Dec 2016
अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढ्यो

अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढ्यो

peacepokhara 20 Feb 2018

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved