Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

नेपालमै पहिलोपटक पोखरामा दृष्टिविहिन एकल गायन प्रतियोगिता हुदै

45
blind-solo-singing

गोकुल बानियाँ , पोखरा २७ पुस । नेपालमै पहिलो पटक पोखरामा दृष्टिविहिनहरुको विचमा एकल गायन प्रतियोगिता हुने भएको छ । रोटरी क्लब अफ पोखरा अन्नपूर्ण, रोट्रयाक्ट क्लब अफ अन्नपूर्ण र रोट्रयाक्ट क्लब अफ हेमजाको संयुक्त आयोजनामा आगामी माघ १ गते पोखरामा दृष्टिविहिनहरुको विचमा एकल गायन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

बुधवार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार प्रतियोगितामा कास्की जिल्लाभरका बढीमा २० जना दृष्टिविहिनले सहभागीता जनाउन पाउनेछन् । नेत्रहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले लोक तथा आधुनिक गीतमा एकल गायन प्रतियोगिता गर्न लागिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिले आफुले गाउने गीत ट्रयाकमा गाउन चाहे पनि पाउने र लाइभ संगीतमा गाउन चाहेपनि सोहि अनुसारको ब्यवस्था हुनेछ ।

प्रतियोगितामा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले सात हजार, तेस्रो हुनेले पाँच हजार र सान्तोना स्थान प्राप्त गर्नेले तीन हजार रुपैया पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक भानु भण्डारीले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा संगीतकार नवराज वराल, सुकु हिराचन र जुना क्षेत्री रहनेछन् । प्रतियोगितालाई थ्रि सिस्टर्स एड्भेन्चर ट्रेकिङ्ग कम्पनीले मुख्य प्रयोजन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न एक लाख ६० हजार रुपैया खर्च अनुमान गरिएको छ ।

दृष्टिविहिनमा कला र गला भएर पनि अवसर नपाएकालाई यो प्रतियोगिता अघि बढ्ने माध्यम बन्ने विश्वास लिइएको छ । रोटरी क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष लक्की कार्की क्षेत्रीले रोटरी क्लबले रोटरी मानविय सेवा अन्तर्गत दृष्टिविहिनहरुको प्रतिभा प्रष्फुटन गराउन प्रतियोगिता आयोजना गर्न लागेको बताइन् । दृष्टिविहिन कलाकारको क्षमता विकास गराउने तथा उनीहरुमा आत्मविश्वास बढाउदै समाजमा सम्मानित जीवनयापनका लागि सघाउन पनि प्रतियोगिताको आयोजना गरिएको उनले स्पष्ट पारिन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook