Breaking News:

कास्कीमा म्यादी प्रहरीको लागि ३ दिनमा २१९ ले दरखास्त दिए,१७ गतेसम्म समय
पोखराका अग्नि नियन्त्रकको लागि अन्तर्राष्ट्रिय स्तरको तालिम
पोखराको मुख्य मुहान मर्दीखोलामा पानी शुद्धिकरण परियोजना सुरु
यस्तो थियो ५० बर्ष पुरानो पोखरा (भिडियो सहित)
कास्कीमा सवारी दुर्घटना बढ्यो, ८ महिनामा ४२ जनाको ज्यान गयो
तोडिएको कीर्तिमान पुनः फर्काउन सगरमाथा चढ्दै ८६ बर्षीय शेरचन
नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सर्वोच्चको परमादेश,चन्दको नियुक्ती बदर
एटिएमबाट डाटा चोरी गरी अर्काको पैसा निकाल्ने दुई विदेशी पोखरामा पक्राउ (कसरी सुरक्षित हुने ? )
महानगरको नाममा बहस , पोखरा लेखनाथ कि पोखरा मात्रै ?
पोखरा – लेखनाथ महानगरपालिकाको औपचारिक शुभारम्भ

कास्कीको हेम्जामा पत्रकारले लिए ‘बञ्जी जम्प’ को मज्जा ( फोटो फिचर )

68

नेपालको पर्यटकिय राजधानी पोखरा संगै जोडिएको कास्कीको हेम्जामा नयाँ साहसिक खेल ‘बञ्जी जम्प’ सुरुवातको दिन पुगेकाहरुले खुब मज्जा लिएका छन् । आईतवार एक कार्यक्रमका बिच बञ्जीको औपचारिक सुरुवात भएपछि त्यहा पुगेका सञ्चारकर्मीहरुले यसको भरपुर मज्जा लिए ।

सञ्चालकहरु अविनव गोल्छा, सरद गोल्छा र भरत गोल्छाले बञ्जीको विधिवत उद्घाटन गरेपछि पत्रकारहरुले पालो कुरेर यो सहासिक खेलको अनुभब बटुले । पत्रकार रेम बिक, राम गुरुङ, दिपक परियार,् सुरज श्रेष्ठ, भूपाल गुरुङ, बिजय नेपाल, दिनानाथ बराल, दुर्गा राना, प्रकाशचन्द्र सापकोटा लगायत सुरुवातकै दिन यसमा रमाए । औपचारिक उद्घाटनको बेला उपस्थित अभिनेत्री सुष्मा कार्की भने यो सहासिक खेलमा रमाउने आट गर्न सकिनन् ।

Bunjy Jumb (2) copy

बञ्जी गोल्छा अर्गनाइजेसन अन्तर्गतको हाइग्राउन्ड एडभेञ्चर्स प्रालिले मंगलम ग्रुपसँग सहकार्य गरी सञ्चालनमा ल्याएको हो । यो बञ्जी द लास्ट रिसोर्टले भोटेकोशीमा सञ्चालन गरिरहेको बञ्जी भन्दा फरक रहेको छ । बञ्जी जम्पका लागि नेपालीहरुलाई ३ हजार ४ सय ९० रुपैयाँ तोकेको छ भने विदेशीहरुलाई ६ हजार ४ सय ९० रुपैयाँ तोकेको कम्पनीका अप्रेसन म्यानेजर दिनेश महर्जनले बताए । फोटो र भिडियोका लागि भने छुट्टै रकम तिर्नुपर्ने हुन्छ ।

Bunjy Jumb (8) copy

Bunjy Jumb (9) copy

Bunjy Jumb (10) copy

Bunjy Jumb (3) copy

Bunjy Jumb (5) copy

Bunjy Jumb (7) copy

फोटो – फेसबुक

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook