Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

पोखरालाई उत्कृष्ट सहर किन नबनाउने ?

247
anandaraj-mulmi

आनन्दराज मुल्मी । विश्वमा रहेका विभिन्न मुलुक विभिन्नि तवरवाट प्रतिस्पर्धा गरिराखेका छन्। ती मुलुकमा रहेका थुप्रै सहर पनि एकापसमा तछाडमछाड गर्दै छन् । विश्व परिवेशमा कुनै महत्वपूर्ण आयोजना गर्नसमेत तयारीका साथ प्रतिस्पर्धा गरिरहेका घटना हामीले देखेका छौ , सुनेका छौ  ।

ओलम्पिक, विश्व फुटबल, हावापानी सम्मेलन, गरिबी उन्मूलन सम्मेलन, संगीत, साहित्य सम्मेलनहरू गर्न सबै सहर लालयित हुन्छन् किनभने विश्वमाझ आफ्नो सहरलाई देखाउनका लागी प्रेरित भइरहेको सन्दर्भमा हाम्रो सहर आकर्षक छ, सुविधायुक्त छ, राम्रो र सुन्दर छ, सफा र वातावरणीयमैत्री छ भन्ने कुरा प्रवद्र्धन जारी राखेका हुन्छन् । जुन सहर पुग्न सजिलो हुन्छ, पहुँचयोग्य छ, त्यो सहरमा मानिस धेरै पुग्ने गर्दछन्, घुम्ने गर्दछन् । जसले यो सहरमा आर्थिक गतिविधि बढाउँछ । बढ्दो प्रतिस्पर्धाका कारणले गर्दा अहिले अध्ययन र अनुसन्धान गर्ने संस्थाहरूले विश्वमा रहेका मुलुक र सहरको अध्ययन गर्ने, खोजबिन गर्ने काम निरन्तर रुपमा गरिराखेका छन् ।

उदाहरणका लागि विश्वमा घुम्नैपर्ने १० राष्ट्रमा नेपाल पनि समावेश छ । यो सकरात्मक कुरा हो । त्यस्तै विश्वका उत्कृष्ट पाँच सहर छानिएका छन् । ती हुन् १. हङकङ, २. नेदरल्याण्डको अमेष्टर्डम, ३. जापानको ओसाका, ४. फ्रान्सको पेरिस, ५ मा अष्ट्रेलिया सिड्नी । त्यसरी नै सबैभन्दा खराब पाँच सहरमा १ इरानको तेहरान, २ केन्याको नैरोबी, ३ जिम्बाबेको लुसाका, ४ कम्बोडियाको न्होमपेन्ह र ५ पाकिस्तानको कराँचीलाइ इंगित गरेका छन् । सबैभन्दा प्रदूषित पाँच सहरमा १. मैसोडोनियाको टेरोम, २ इजिप्टको कायरो, ३ नेपालको काठमाडौं, ४ घानाको आक्रा र ५ फिलिपिन्सको मनिलालाई राखिएको छ । यस्ता सूचकाँकले प्रत्येक सहरलाई अझ सुधार र व्यवस्थित गर्ने, विश्वमाझ अरु राम्रो बनाउने प्रयासलाई मद्दत पु¥याउँछ। नेपालमा पनि विभिन्न सहर छन् ।

सहर बन्नका लागि विभिन्न मापदण्ड पनि तोकिएको हुन्छ । ती मापदण्डको आधारमा भन्ने हो भने विश्वका सहरहरूको सूचीमा नेपालका सहरहरू पर्दैनन् । तैपनि नेपालको दोस्रो ठूलो र महत्वपूर्ण सहर पोखरालाई ‘स्थापित सहर’ बनाउन धेरै काम गर्नु छ, परिश्रम र मेहनत गर्नु छ । पोखरालाई आकर्षक, सुरक्षित, सुन्दर, बस्न लायकको सहरको रुपमा विकसित गर्नुपर्ने कठिन चुनौती हाम्रोसामु छ । हामीले नाम सुनेका, देखेका नामी सहरहरू विद्यामान छन् तर जब उत्कृष्ट सहर बन्ने प्रतिस्पर्धा हुन्छ, होड चल्छ तब तस्विर फरक हुन सक्छ । भर्खरै प्रकाशित सूची अनुसार सुविधा, वातावरण, सुरक्षित, सुन्दर, आकर्षक, सुविधा सम्पनको दृष्टिकोणले अहिले विश्वमा निम्न १० सहर उत्कृष्ट बस्न लायकका सहरको रुपमा अंकित भएका छन् । हरेक दुई वर्षमा हुने सर्भेमा यो क्रम परिवर्तन भइरहन्छ । अस्ट्रियाको भियना पहिलो, दोस्रोमा स्विजरल्यान्डको जुरिच, तेस्रोमा न्युजिल्याण्डको अकल्याण्ड, चौथोमा जर्मनीको म्युनिच, पाँचौंमा क्यानडाको भानकुमर, छैठौंमा जापानको टोकियो, सातौंमा जर्मनीको बर्लिन, आठौंमा अष्ट्रेलियाको मेलवर्न, नवौंमा सिड्नी र दशौंमा क्यानडाको टोरन्टो छन् । यी सहरमा थोरै मुलुकका राजधानी पर्दछ । धेरै अन्य सहर पर्दछन् ।

विश्वको यो सूचकांकले नेपाललाई पनि त्यसमाथि नेपालका सहरहरूलाई कसरी उत्कृष्टतर्फ लैजान सकिन्छ, कसरी मानचित्रमा नाम लेखाउन सकिन्छ, कसरी अन्य मुलुकका नागरिकलाई आकर्षित गर्न सकिन्छ, कसरी व्यवस्थित गर्न सकिन्छ, सफा, सुन्दर र बस्न लायक बनाउन सकिन्छ, त्यसतर्फ हाम्रो ध्यान केन्द्रित हुनु जरुरी छ । अहिले नेपाल संघीय संरचनाअन्तर्गत प्रदेशहरूको खाका र सिमाना अनि प्रदेशअन्तर्गत सहरहरूको निर्धारण, स्थानीय निकायको पुनर्संरचना गर्ने गृहकार्यमा सरकार लागेको छ । अहिले पोखरा उपत्यकाभित्र दुई नगरपालिका व्यवस्थित सहर बनाउन कार्यरत छन् । ४ नं प्रदेशको सिमांकनपछि सम्भवत प्रदेश राजधानीको रुपमा पोखरालाई कायम गरिनेछ ।

तर राजधानी घोषितमात्र गर्नु पर्याप्त छैन : राजधानीको स्वरुप दिन, राजधानीबाट हुनुपर्ने काम सम्पन्न गर्न धेरै तयारी, निर्माण व्यवस्थित गर्नुपर्ने हुन्छ । जसले मौजुदा सहरको स्वरुपमा ठूलो परिवर्तन भई छुट्टै रुपान्तरण हुने कुरा निश्चित छ । त्यसै कारण दुई छुट्टाछुट्टै नगरपालिका कायम रहे पनि वा दुवै मिलाएर महानगरपालिका गठन भए पनि ४ नं प्रदेशको राजधानीको हैसियत पोखरा उपत्यकालाई उत्कृष्ट बस्न लायक सहरको रुपमा विकसित गर्ने योजना, सोच धारणालाई कार्यान्वयन गर्न सबै लाग्नु जरुरी छ । महानगरपालिकावासीको हैसियत, इज्जत, मर्यादा बढाउन बढी जिम्मेवार र उत्तरदायी हुनुपर्ने खाँचो पनि छ । पोखरा सानो बजार व्यापरिक केन्द्र हुँदै अहिलेको अवस्थामा आइपुग्न झन्डै दुई सय ६५ वर्ष लागेको छ ।

कास्कीका राजा सिद्धिनारायण शाहले वि.सं. १८०८/१८०९(इ.वि.१७५२) मा बजार बसाउन २६ कुरिया जग्गा उपलब्ध गराई वस्ती विकासको सुरुवात गरेका थिए। हालको नालामुखबाट पूर्व तेर्सापट्टि (गिरिजाचोक), दक्षिण रामकृष्णटोल (सिद्धार्थचोक), उत्तर भैरवटोल चोक र पश्चिम फिर्केखोलासम्मको क्षेत्रमा बस्ती बसाउन काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट व्यापारी र शिल्पीलाई ल्याइएको इतिहासमा उल्लेख भएको पाइन्छ । वि.सं. १८२६ मा भक्तपुरका मल्लकालीन राजा राणजित मल्ल पराजित भएपछि धेरै व्यापारी, कलाकार, हस्तकला विज्ञहरू पोखरा आए र २६ कुरिया रहेका पूर्व, दक्षिण, उत्तरतर्फ ढुङ्गाले छापिएको सडकसहित बजार विस्तार हँुदै गएको पाउछौँ ।

नेपालका इतिहासकारहरू बाबुराम आचार्य, बालचन्द्र शर्मा, धनवज्र, ज्ञानमणिहरूले पोखरा सहरको इतिहास र विकासबारे प्रशस्त लेखेका छन्। त्यो भन्दा झन्डै चार सय वर्षअगाडि १४ औं शताब्दीतिर भारतबाट धापिएर आएका र वंगालका सुल्तानसंगै आएका मुसलमानहरुले पोखरा त्यसताकाको कास्कीका विभिन्न गाउँमा गई विभिन्न किसिमका घरायसी समान आफैले बोकी बेच्ने गरेको र धेरैजसो चुरापोतेजस्ता गृहिणीलाई चाहिने श्रृंगारका समान उपलब्ध गराउने भएको हुनाले त्यो वर्गलाई ‘चुरौटे’ भनेर भन्ने गरिन्थ्यो भनी उल्लेख गरेको भेटिन्छ ।

गाउँ–गाउँमा घुम्दै नयाँ–नयाँ वस्तु बिक्री गर्ने भएको हुनाले तिनीहरू निकै प्रख्यात र प्रचलित थिए । कलान्तरमा आएर उनीहरूले रुपाकोट र कुँडहरमा स्थायी बसोबास गरेको पाउछौं । पोखरालाई व्यापारिक केन्द्र बनाउन त्यो ‘चुरौटे वर्ग ’ को महत्वपूर्ण भूमिका छ । पोखराको आफ्नै विशिष्ट महत्व रहेको कुरा हामीले बिर्सनु हुँदैन । यस लेखकको मनाशाय पोखराको महत्व निरन्तर स्थापनाकालदेखि नै वर्णनयुक्त भएको हुनाले अहिलेको पिँढीले यो पोखरालाई अझ उत्कृष्ट बनाउनुपर्ने जिम्मेवारी रहेकोतर्फ ध्यानार्कषण गराउनु हो। किनभने प्रसिद्ध इतिहाकार हेमिल्टनले सन् १७९३ मा नै आफ्नो किताबमा पोखराबारे वर्णन गरेका थिए । त्यस्तै, इतिहासविद् तथा मानवशास्त्रस् ओल्ड फिल्डले पनि सन् १८८० मा पोखराको वस्ती विकासवारे चर्चा गरेका थिए ।

त्यस्तै प्रसिद्ध जापानी भिक्षु कावागुचीले सन् १८९९ मा पोखरा भ्रमण गरेको र प्रशस्त वर्णन गरेको उनको किताब उल्लेख गरिएको छ। त्यस्तै, १९२० मा गुरुङ जातिको अध्ययन गर्न आएका मोरिस फ्रेन्च मानवशास्त्री पिङ्दे, इटालियन पदयात्री तथा संस्कृतविद् टुसीले १९५२ मा पोखरामा बसेर अध्ययन गरी प्रकाशित सामाग्री, जापानी फोटोग्राफर काजमीले १९५८ मा पोखरा उपत्यकाको फोटोहरूसहितको वर्णनले पोखराको महत्व प्रशस्त रहेको देखाउँछ । त्यसवाहेक हिचकाक, बुचनान, हडसन, कैमरुन, मैकफेरलेन, स्नोडेन जस्ता अनुसन्धानकर्ताका सामाग्री हेर्दा पोखरालाई पोखरेलीले चिन्न–बुझ्न नसकेको भान हुन्छ ।

पछिल्लो समय सन् १९६६ मा स्विस भूगोलविद् टोनी हेगनले सम्पूर्ण नेपालको भ्रमण र अध्ययनपश्चात पोखराबारे गरेको टिप्पणीले पोखरेलीको गौरव वढाउँछ । यो पृष्ठभूमी मनन गर्दा पोखराबारे गरिएका उत्कृष्ट विचार, टिप्पणी, लेख र फोटोलाई व्यापकता दिन र पोखराबारे प्रशस्त प्रचारप्रसार र सम्वर्दन गर्न प्रशस्त कुरा हामीसंग छन् । त्यसैले यसलाई गम्भीरतापूर्वक लिई पोखराको उत्कृष्टबारे पोखराको महत्वबारे, पोखराको आकर्षणबारे उल्लेखनीय काम गर्नै पर्ने आवश्यकता छ ।

यसतर्फ हामी सबैको ध्यान पुगोस्। धेरै प्राचीन सहर नभए पनि नेपालका सहरहरूमध्ये उत्कृष्ट बनाउन सक्यौं भने विश्वका सहरमा पेखराको नाम पनि समावेश गर्न अब बन्ने स्थानीय निकाय (महानगरपालिका) को अत्यन्तै महत्वपूर्ण सकरात्मक भूमिका हुनु पर्दछ । अब गठन हुने प्रदेश सरकार, कार्यरत जिम्मेवार राजनैतिक दलहरू, योजनाकार, स्वप्नद्रष्टा, नागरिक अगुवा र पोखरालाई कर्मथलो बनाउने सबै नागरिकको राम्रो सोच, जिम्मेवार भूमिका निर्वाह ग¥यौं भने पोखरालाई स्थापित, उत्कृष्ट र बस्न लायक सहर बनाउन सकिन्छ । हामी पोखरालाई विश्वका उत्कृष्ट सहरको श्रेणीमा पु¥याउन सक्छौ । यसैका लागि हामी सबै हातेमालो गरौं ।- आदर्शसमाज दैनिकमा प्रकाशित लेख 

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook