Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

१५ औं आहा ! रारा गोल्डकपको तयारी तिब्र

71
tayari

गोकुल बानियाँ , पोखरा १८ पुस । आगामी माघ ४ देखि सुरु हुने १५ औं आहा ! रारा गोल्डकपको तयारी तिब्र पारिएको छ । माघ १५ गतेसम्म चल्ने प्रतियोगिताको लागि आयोजक सहारा क्लबले मैदान मर्मत गरिरहेको छ ।

पोखरा रंगशाला स्थित मैदानमा पानी हाल्ने, प्यारापिट मर्मत, सरसफाई लगायतको काम जारी रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि गठित मुल आयोजक समिति र विभिन्न उपसमितिले आ आफ्नो तयारी तिब्र पारेका छन् ।

प्रतियोगितामा सहभागी टिमको टुङ्गो लगाउने काम पनि अन्तिम चरणमा पुगेको र केहि दिनमा औपचारिक जानकारी गराउने क्लबले जनाएको छ । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा स्थापित आहा ! रारा कपको १५ औं संस्करणमा तीन विदेशी सहित १२ टिमले सहभागीता जनाउने क्लबका महासचिव केशब राज बरालले जानकारी दिए ।

football-tayariप्रतियोगितामा विदेशी तीन, विभागिय तीन टिम सहित आयोजक एक र पाँच वटा ए डिभिजन क्लब सहित १२ टिमले प्रतिश्पर्धा गर्नेछन् ।

अहिलेसम्म अमेरिकामा बस्ने नेपालीको टिम, विभागिय तीन टिम, मनाङमस्र्याङदी र आयोजक टिमको टुङ्गो लागिसकेको छ । विदेशी टिममा बंगलादेश, भुटान र भारतीय टिमसँग कुरा भैरहेको र एक दुई दिन भित्र सहभागी सबै टिमको टुङ्गो लाग्ने प्रचार समितिका सुदर्शन रञ्जितले जानकारी दिए ।

पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न ८२ लाख ९२ हजार रुपैया खर्च लाग्ने र एक करोड ७ लाख ८२ हजार रुपैया आम्दानीको अपेक्षा गरिएको छ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगितामा यो बर्ष पनि एक जना भाग्यमानी दर्शकले एक तोलाको सुनको औठी पुरस्कार प्राप्त गर्ने भएका छन् । अघिल्लो बर्ष एक तोला सुनको सिक्का प्रदान गरेको सहारा हङकङले यो बर्ष पनि एक तोला बराबरको सुनको औठी प्रदान गर्न लागेको छ ।

बार्षिक रुपमा आयोजना हुदै आएको प्रतियोगिताबाट बचत भएको रकमबाट क्लबले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा हाल १६ जिल्लाका २८ वालकहरु सम्पूर्ण सुविधाका साथ फुटवल प्रशिक्षण लिइरहेका छन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook