३३ किलो अवैध सुन सहित भरिया समातिए तर मालिकको पत्ता लागेन

25
gold

काठमाडौं २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बरामद साँढे ३३ किलो सुनको मालिक अझै पत्ता लगाउन सकिएको छैन । सुन बरामद भएको दुई दिन वितिसक्दा पनि प्रहरीले सुनका मालिकको खोजीमै छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बिशेष सुराकीको आधारमा सुन बरामद गरेपनि सुनको मालिक अझै पत्ता लगाउन नसकिएको ब्यूरोकी एसपी मीरा चौधरीले स्वीकारेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

एयर अरेवियाको बिमानबाट दुवई हुँदै काठमाडौंमा बुधबार ल्याइएको सुन बिहीबार प्रहरीले बरामद गरेको थियो । सुनसँगै पक्राउ परेका तीन जनाले आफूहरु भरियामात्र भएको बयान दिएका छन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook