Breaking News:

पोखरा महानगरको प्रमुखमा मान बहादुर जिसी र उप प्रमुखमा मञ्जु गुरुङ विजयी
पोखरा ३१ मा पनि एमाले प्यानल सहित विजयी (मतपरिणाम सहित )
पोखरा ३० मा पनि एमालेको प्यानल विजयी (मत परिणाम सहित )
पोखरामा अन्तिम परिणाम आउनुअघिनै कांग्रेस उम्मेदवार रामजी कुँवरद्वारा हार स्वीकार
पोखराको १ देखि २९ सम्म कुन वडामा कसले जिते (नामावली र मत सहित)
पोखरा २७ मा काग्रेस प्यानल विजयी
पोखराको मेयर र उपमेयर एमालेले जित्ने सुनिश्चित, ११ हजार भन्दा बढीको अग्रता
पोखरा २८ मा पनि एमाले प्यानल सहित विजयी
पोखरा २६ मा पनि प्यानल सहित आयो एमाले (मत परिणाम सहित )
पोखरा २९ मा एमालेका चेत बहादुर गुरुङ सहितको प्यानल विजयी

१२ करोडको कुकुर !

111
dog

एजेन्सी । आयरल्यान्डको प्रहरीले एउटा सिकारी कुकुर चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । यो कुकुरको मूल्य १० लाख युरो अर्थात् करिब १२ करोड नेपाली रुपैयाँ हो ।

क्लेयर्स रकेट नामको यो कुकुरलाई केही पहिले टिपरेरी काउन्टीको गोल्डन नामको ठाउँबाट चोरिएको थियो । त्यतिवेला यो कुकुर आफ्नो प्रशिक्षकसँग थियो ।

यो चोरीको तुलना सन् १९८३ मा भएको रेसको घोडा सेरगरको अपहरणसँग गरिएको थियो । प्रहरीले क्लेयर्स रकेट ‘सुरक्षित तथा ठीक अवस्था’मा उद्धार गरिएको जनाएको छ ।

आयरल्यान्डको जासुसी संस्थाको एक विभागका दुई कर्मचारीले यस विषयमा अहिले सोधपुछ गरिरहेका छन् । पक्राउ परेकामध्ये दुई अरूलाई चाहिँ क्लोनमेल गार्डा नामका ठाउँमा सोधपुछ गरिएको छ ।

कुकुरका विषयमा जानकार इयन फच्र्युनले बरामद भएको यो कुकुर ग्रेहाउन्ड रेसिङमा ‘सुपरस्टार’ मानिने बताएका छन् । बिबिसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘यसलाई फेला पार्नेलाई इनामस्वरूप ५४ हजार युरो दिने घोषणा भएको थियो । यस्तो घोषणा किन पनि भएको थियो भने यो कुकुर अहिले साढे दुई वर्षको पनि भएको छैन ।’

उनले यो कुकुर दौडिनका लागि अत्यन्त राम्रो भएको पनि बताएका छन् । ‘यसको दौड अत्यन्त तेज गतिमा हुन्छ,’ फच्र्युनले भनेका छन्, ‘यसका अगाडि अरू प्रजातिका कुकुर खासै राम्रा लाग्दैनन् ।’

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook