Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

सातौ पोखरा महोत्सवमा ठाडोभाका सर्जक दीर्घराज अधिकारी (भेडिखर्के साइला) लाई सम्मान गरिने

34
vedikharke saila

गिता राना मगर, पोखरा २७ पुस । सातौ पोखरा महोत्सवमा ठाडो भाकाका सर्जक भेडीखर्के साइला दीर्घराज अधिकारीलाई सम्मान गरिने भएको छ । युनाइटेड क्लवको आयोजनामा पुस २९ देखि माघ १० सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने सातौ संस्करणको पोखरा महोत्सवमा नेपाली लोक संस्कृतिमा योगदान पु¥याएको भन्दै लम्जुङ जिल्लामा प्रचलित ठाडो भाकाका सर्जक दीर्घराज अधिकारी भेडिखर्के साइलालाई सम्मान गर्ने भएको हो ।

महोत्सवको सातौ दिन माघ ६ गते बिहीबारको दिन अधिकारीले पोखरा महोत्सवमा ठाडोे भाका बाट दर्शकलाई मनोरन्जन प्रदान गर्ने र सोही अवसरमा अधिकारीको ठाडो भाका प्रति पु¥याएको योगदानलाई कदर गर्दै सम्मान गरिने क्लवका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए ।

dancer

त्यसैगरी महोत्सवमा एक खुट्टे नृत्य कलाकार निलम ढुंगानाको नृत्य प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमितीका संयोजक दिनेश सुनारले जानकारी दिए । त्यस्तै ह्वीलचियर डान्सर चेत प्रकाश अधिकारी र मञ्जु सापकोटाले पनि महोत्सवमा आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन ।

महोत्सवमा राष्ट्रिय स्तरको ख्याती प्राप्त ब्याण्डहरुद्धारा लाइभ कन्सर्ट सविन राइ एण्ड द फारोह, लाहुरे, प्रयत्न एण्ड द ज्यामर्स, मन्त्र, नविन के भट्टराई एण्ड अत्रिप्त, टम्बलवीड आइ. एन. सी., जी एक्सोल, सी.ओ.डी., डी मोर्चा , सुगम पोख्रेल एण्ड द भीक्ट्री, द स्याडोज नेपाल र राजु लामा एण्ड मङगोलियन हर्ट र स्थानिय तर्फ द वेभ, प्राङगन, ड्रिमर्ज, मिस्टीकल गु्रभर्स, र आर के स्क्वायर (यु.के.)को प्रस्तुती रहने संयोजक सुनारले वताए ।

लोक दोहोरी तर्फ राष्ट्रियमा बद्री पंगेनी, प्रीती आले, देवी घर्ती मगर, पशुपति शर्मा, राधिका हमाल, राजन गुरुङ, रामजी खांड, कोमल ओली, विष्णु खत्री, भीमु गुरुङ र ज्योती मगर र स्थानिय तर्फ चोलेन्द्र पौडेल, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल लगायत अन्य कलाकारहरुको प्रस्तुती रहने छ । हास्य ब्यङग्य तर्फ चम्सुरी र दारी बा, कक्रोज र बले, नृत्यमा शंकर बिसी र पार्वती राइको प्रस्तुती र सांस्कृतिक नृत्य तर्फ प्राचीन नेपाल र डांफे मुनालको प्रस्तुती रहने छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook